+
+
Shares

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १६:००

१८ असोज, वासिङ्टन (रासस/एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी उद्योगमा उत्पादन तथा लगानी बढाउन सहयोग पुगेको बताएका छन्। उद्योगका जानकारहरूका अनुसार केही क्षेत्रमा सकारात्मक परिवर्तन देखिए पनि व्यापार नीतिमा रहेको अनिश्चितताले कम्पनीहरूलाई चुनौतीसमेत दिइरहेको छ।

ट्रम्प प्रशासनको पछिल्लो कार्यकालमा जनरल मोटर्स, टोयोटा, फोर्डलगायतका प्रमुख गाडी कम्पनीहरूले अमेरिकामा रहेका आफ्ना कारखाना विस्तार गर्ने तथा विदेशमा भइरहेको केही उत्पादन अमेरिकामै ल्याउने योजना अघि सारेका छन्। अमेरिकाले विदेशबाट आयात हुने गाडीमा २५ प्रतिशत शुल्क लगाएपछि केही कम्पनीले देशभित्र रहेका कारखानाको उत्पादन क्षमता थप उपयोग गर्ने योजना बनाएका छन्।

गाडी उद्योगकी विश्लेषक स्टेफनी ब्रिन्लीका अनुसार आयात शुल्कबाट अमेरिकी गाडी उद्योगलाई केही लाभ पुगेको देखिन्छ। यद्यपि, व्यापार नीतिमा भइरहेका परिवर्तनका कारण कम्पनीहरूले दीर्घकालीन लगानीसम्बन्धी निर्णय गर्दा थप सावधानी अपनाइरहेका छन्।

अमेरिका र क्यानडाबीचको व्यापारसम्बन्धी छलफलले पनि गाडी उद्योगमा केही अन्योल सिर्जना गरेको छ। होन्डाले उत्तर अमेरिकामा रहेका आफ्ना कारखाना उच्च क्षमतामा सञ्चालन भइरहेको जनाएको छ। कम्पनीले भविष्यमा नयाँ कारखाना निर्माण गर्ने सम्भावनाबारे पनि विचार गरिरहेको जनाएको छ।

यसैबीच, आयात शुल्क तथा विद्युतीय गाडीसम्बन्धी सरकारी नीतिमा भएका परिवर्तनले गाडीका पार्टपुर्जा उत्पादन गर्ने कम्पनीहरूलाई समेत प्रभाव पारेको बताइएको छ। अमेरिकामा यस क्षेत्रमा करिब ९ लाख ३० हजार मानिस कार्यरत छन्।

अमेरिकी श्रम तथ्याङ्कअनुसार सन् २०२६ को सेप्टेम्बरमा गाडी उद्योगमा करिब १८ लाख मानिस कार्यरत थिए। रोजगारीमा केही सुधार देखिए पनि आगामी दिनमा व्यापार नीति, लगानीको वातावरण र बजारको अवस्थाले उद्योगको विकासमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?