+
+
Shares

पुटिनसँग इरानी राष्ट्रपतिले भने– अमेरिकासँग शान्ति सम्झौता असम्भव छैन

पेजेस्कियानले भने, ‘हाम्रो रेडलाइन इरानी जनताको राष्ट्रिय हित र अधिकार हो । यदि अमेरिकाले अन्तर्राष्ट्रिय कानुनी संरचनाको पालना गर्छ भने सम्झौतामा पुग्नु असम्भव छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १९:२८

इरानका राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकी–इजरायली युद्धबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गरेका छन् ।

फार्स समाचार संस्थाका अनुसार पेजेस्कियनले सो फोनवार्ताका क्रममा अमेरिकासँगको शान्ति सम्झौता सम्भव रहेको पनि बताएका छन् ।

‘यो क्षेत्रमा दीर्घकालीन शान्ति र सुरक्षा सुनिश्चित गर्ने सन्तुलित र निष्पक्ष सम्झौतामा पुग्न इरान पूर्ण रूपमा तयार छ,’ फोनवार्ताका क्रममा पेजेस्कियानले भने, ‘हाम्रो रेडलाइन इरानी जनताको राष्ट्रिय हित र अधिकार हो । यदि अमेरिकाले अन्तर्राष्ट्रिय कानुनी संरचनाको पालना गर्छ भने सम्झौतामा पुग्नु असम्भव छैन ।’

राष्ट्रपति पेजेस्कियनले क्षेत्रीय शान्ति र सुरक्षा कायम गर्न इरान आफ्ना छिमेकी मुलुकहरूसँग सहकार्य गर्न तयार रहेको पनि बताए । उनले यसका लागि क्षेत्रबाहिरका मुलुकको उपस्थिति वा हस्तक्षेप आवश्यक नरहेको धारणा राखे ।

यसैबीच, पुटिनले अमेरिका र इजरायलले युद्धको क्षतिपूर्ति तिर्नुपर्ने र भविष्यमा यस्ता आक्रमण दोहोरिन नदिन इरानलाई दीर्घकालीन सुरक्षा प्रत्याभूति दिनुपर्ने आवश्यकतामा जोड दिएको फार्स न्युजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?