+
+
Shares

कांग्रेस सभापतिमा मेरो उम्मेदवारी कायमै छ :  श्यामकृष्ण खड्गी

नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले सभापति पदमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्। 

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १९:०६

२१ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्गीले सभापति पदमा आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन्।  अनलाइनखबरसँगको कुराकानीमा खड्गीले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका हुन्।

कांग्रेस सभापति पदमा खड्गी र गगनकुमार थापाको उम्मेदवारी छ। सभापतिमै उम्मेदवारी दिएका अर्का उम्मेदवार किशोरसिंह राठौरले भने फिर्ता लिइसकेका छन्।

खड्गीले पनि उम्मेदवारी फिर्ताको सहमति गरेको भन्दै चर्चा भएको थियो। यसै विषयमा सोध्दा उनले भने, ‘मलाई वार्तामा बसौं भनेर प्रस्ताव आएको हो। तर मैले मानिनँ। मेरो उम्मेदवारी कायमै छ, कायमै रहन्छ।’

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?