+
+
Shares

कांग्रेस महाधिवेशन : नेतृत्व चयनका लागि बिहीबार मतदान, कुन प्रदेशका प्रतिनिधि कहाँ जाने ?

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २१ गते १८:१०

२१ असोज, काठमाडौं ।  नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने मतदान बिहीबार बिहान १० बजेका लागि तय भएको छ। मतदानमा ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

मतदानका लागि विभिन्न ठाउँहरू छुट्याइएको छ।  केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ।

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?