दिल्लीको सीमापुरी क्षेत्रमा बुधबार एउटा बहुतले भवन भत्किएको छ । घटनापछि उद्धार तथा राहत कार्य जारी छ । प्रत्यक्षदर्शीका अनुसार अझै ६ देखि ७ जना भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
बीबीसी हिन्दीसँग आम आदमी पार्टीका विधायक वीरसिंह धिंगानले आफूलाई करिब साढे ३ बजे सीमापुरीबाट भवन भत्किएको जानकारी आएको बताएका छन् ।
उनका अनुसार भग्नावशेषबाट ६ देखि ७ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार तथा राहत कार्य अझै जारी रहेको र हालसम्म कसैको मृत्यु भएको पुष्टि नभएको उनले बताएका छन् ।
उनका अनुसार उक्त भवन करिब पाँचदेखि छ तले थियो । करिब २५ गजको जमिनमा बनेको उक्त भवन एक–दुई वर्ष पुरानो रहेको बताइएको छ । भवनमा एउटा मुस्लिम परिवार बस्दै आएको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4