२२ असोज, काठमाडौं । दूरसञ्चार कम्पनी भारती एयरटेलले एलन मस्कको आरोपलाई खारेज गरेको छ। मस्कले आफ्नो स्याटकम कम्पनी स्टारलिङ्कलाई भारतमा काम गर्नबाट रोकिएको आरोप लगाएका थिए।
भारती एयरटेलका अध्यक्ष सुनील भारती मित्तलले आफ्नो भनाइ सार्वजनिक गरेका छन्। उनले आफ्नो स्याटकम उपक्रम ईयूटेलसेट वनवेब पनि भारतमा सेवा सुरु गर्न स्वीकृतिको पर्खाइमा रहेको बताएका छन् ।
एलन मस्कले एक्समा एउटा पोस्ट गर्दै आफ्नो धारणा राखेका थिए। उनले भारतमा केही खास उद्योगपतिहरूले आफ्नो कम्पनी स्टारलिङ्कको स्याटेलाइट इन्टरनेट सेवाको प्रवेशलाई रोकिरहेको आरोप लगाएका छन् ।
मस्कले कुनै कम्पनीको नाम सीधा रूपमा लिएका छैनन् । तर मस्कले तपाईं अनुमान लगाउन सक्नुहुन्छ कि उनीहरू को हुन् भनेर भनेका छन् । भारत सरकारले मस्कका यी आरोपहरूको जवाफ दिएको छ।
“सोशल मिडियामा स्याटेलाइट कम्युनिकेसन सेवाका लागि भारतको रेगुलेटरी फ्रेमवर्कको निष्पक्षतामा एउटा पोस्ट सर्कुलेट भइरहेको छ। यसमा यसलाई लागू गर्नमा भेदभाव भइरहेको भनिएको छ। तर भारतमा यस मामिलामा भेदभावपूर्ण नियमहरू छैनन्,” सरकारले स्पष्ट पारेको छ।
प्रतिक्रिया 4