रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेस्कियन बीच फोनवार्ता भएको छ । वार्ताका क्रममा रणनीतिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको इरानी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार पेजेस्कियनले पुटिनलाई जन्मदिनको शुभकामना समेत दिएका थिए ।
कुराकानीका क्रममा पुटिनले वृहत रणनीतिक साझेदारी सन्धिअन्तर्गत तेहरान र मस्कोबीचको सहकार्य क्षेत्रमा भइरहेका वर्तमान घटनाक्रम र परिस्थितिका बाबजुद निरन्तर अघि बढिरहेको बताएका थिए ।
केही देशहरूले तनाव कम गर्न र मध्यस्थता गर्न गरिरहेका प्रयासबारे पनि उनले चर्चा गरेका थिए । रुसले यस्ता कूटनीतिक प्रयासलाई समर्थन गर्ने बताउँदै पुटिनले ‘इरानी मित्रहरू मस्को सहयोग गर्न तयार रहेकोमा विश्वस्त हुनसक्ने’ बताएका थिए ।
अमेरिका र इजरायलबाट आक्रमणको सामना गरिरहेको इरानले देखाएको साहसको पनि पुटिनले प्रशंसा गरेका थिए ।
प्रतिक्रिया 4