दिल्लीमा प्रदर्शनका क्रममा ककरोच जनता पार्टीका नेतासहित धेरैलाई हिरासतमा लिइएपछि कांग्रेस नेतृ प्रियंका गान्धीले प्रहरीको कारबाहीप्रति आपत्ति जनाएकी छन् । उनले भारतमा अब लोकतन्त्र नरहेको आरोप लगाएकी छन् ।
प्रियंकाले सामाजिक सञ्जाल एक्समा लेख्दै सुरुमा २५४ जना सांसदलाई धकेलाधकेल गरी पूर्णत: गैरकानुनी रूपमा हिरासतमा लिइएको बताएकी छन् । यसबाट उनीहरूको आधारभूत संवैधानिक अधिकार उल्लङ्घन भएको उनको भनाइ छ । विपक्षी दलका अन्य प्रदर्शनकारीमाथि पनि यस्तै व्यवहार गरिएको उनले आरोप लगाएकी छन् ।
उनका अनुसार त्यसपछि भारतको राजधानी दिल्लीलाई चारैतिरबाट घेरा हालेर र अवरोधक राखेर बन्द गरिएको थियो । रेल तथा मेट्रो सेवा रोकिएको, इन्टरनेट बन्द गरिएको र विभिन्न स्थानमा जाँच चौकी स्थापना गरिएको उनले उल्लेख गरेकी छन् ।
संवैधानिक अधिकार प्रयोग गर्दै प्रदर्शन गरिरहेका युवा, महिला तथा पुरुषलाई हिरासतमा लिइएको पनि उनले बताएकी छन् ।
‘निर्वाचन आयोगको मिलेमतोमा चुनावमा धाँधली भएको छ र सरकार आफ्नो वैधतामाथि प्रश्न उठ्ने तथा जवाफदेहिताको माग हुने कुराबाट डराएको छ भन्ने प्रमाण यो होइन भने अरू के हो ?’ उनले प्रश्न गरेकी छन् ।
प्रियंकाले भारतमा अहिले लोकतन्त्र नरहेको आरोप लगाउँदै लेखेकी छन्, ‘यो नरेन्द्र मोदी र अमित शाहले चलाएको तानाशाही हो ।’
प्रतिक्रिया 4