+
+
Shares

भारतमा गिरफ्तार प्रदर्शनकारी रिहा गर्न यूएनएचसीआरको आग्रह

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले भारतमा गिरफ्तार गरिएका प्रदर्शनकारीलाई रिहा गर्न आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते २१:३८

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले भारतमा गिरफ्तार गरिएका प्रदर्शनकारीलाई रिहा गर्न आग्रह गरेको छ ।

शनिबार भारतलाई निर्वाचन अधिकारीहरूको कथित दुराचारविरुद्धका विरोध प्रदर्शनका क्रममा पक्राउ गरिएका निर्दोष व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह यूएनएसीआरले आग्रह गरेको हो ।

‘हामी दिल्लीमा आजका ठूला प्रदर्शनहरूभन्दा अघि र प्रदर्शनका  क्रममा प्रदर्शनकारी, प्रदर्शनको नेतृत्व गरेका नेता र नागरिक समाजका सदस्य, वकिल र पत्रकारहरूको सामूहिक थुनाका रिपोर्टहरूप्रति चिन्तित छौँ,’ यूएनएचसीआरले एक वक्तव्यमार्फत भनेको छ ।

‘पक्राउ गरिएका निर्दोषसबै व्यक्तिहरूलाई तत्काल र बिनासर्त रिहा गरिनुपर्छ,’ वक्तव्यमा भनिएको छ ।

भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा शनिबारबाट भारतको नयाँ दिल्लीमा प्रदर्शन सुरु भएको छ । सोही प्रदर्शनका क्रममा दिल्ली प्रहरीले  करिब एक हजार प्रदर्शनकारीहरूलाई हिरासतमा लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?