+
+
Shares

बमको धम्कीपछि अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २ गते ११:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेल अभिभबाट भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बम राखिएको धम्कीपछि बुल्गेरियाको सोफियामा आकस्मिक अवतरण गराइएको छ ।
  • अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई खतराको सूचना दिएका थिए, तर उनी उक्त जहाजमा सवार थिएनन् ।
  • जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ र विशेषज्ञहरूले प्राविधिक जाँच गरिरहेका छन् ।

२ कात्तिक, काठमाडौं । इजरायलको तेल अभिभबाट अस्ट्रियाको भियना जाँदै गरेको अस्ट्रियन एयरलाइन्सको जहाज बुल्गेरियामा आकस्मिक अवतरण गरिएको छ ।

बम राखिएको धम्कीपूर्ण फोन आएपछि जहाजलाई बुल्गेरियाको सोफियामा अवतरण गराइएको हो । इजरायली पत्रिका ‘हारेट्ज’ले यो समाचार सार्वजनिक गरेको छ ।

अस्ट्रियाका एक नागरिकले वायुसेवा कम्पनीलाई सो खतराको सूचना दिएका थिए । ती नागरिक भने सो जहाजमा सवार थिएनन् ।

बमको धम्कीपछि जहाजका पाइलटले सोफियामा आकस्मिक अवतरण गराउने निर्णय गरेको समाचार एजेन्सी तासले जनाएको छ ।

जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको छ । विशेषज्ञहरूले जहाजको प्राविधिक जाँच गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?