+
+
Shares

‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने

‎‎लोकेन्द्र यादव ‎‎लोकेन्द्र यादव
२०८३ कात्तिक २ गते १२:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बडादशैंको महानवमीका दिन सप्तरीका छिन्नमस्ता र कंकालिनी शक्तिपीठमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुने भएको छ।
  • छिन्नमस्ता भगवती मन्दिरमा कात्तिक ३ गते बिहान दर्शनार्थीमाथि पुष्पवृष्टि हुने पिठाधीश महाकान्त ठाकुरले जानकारी दिए।
  • कंकालिनी भगवती मन्दिरमा पनि कात्तिक ३ गते बिहान १० बजेदेखि महासंकल्प पूजा र पुष्पवृष्टि हुने नगर प्रमुख वीरेन्द्र माझीले बताए।
  • हनुमाननगर कंकालिनी नगरपालिकाले २०८३ असोज २३ गते प्रधानसेनापतिलाई हेलिकप्टर उपलब्ध गराइदिन पत्र पठाएको थियो।
  • पुष्पवृष्टिका लागि आवश्यक फूलको व्यवस्थापन नगरपालिका आफैंले गर्ने माझीले बताए।

२ कात्तिक, ‎सप्तरी । बडादशैंको महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने भएको छ ।

‎‎छिन्नमस्ता गाउँपालिका–३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी नगरपालिका–१ स्थित भारदहमा रहेकोे कंकालिनी भगवती मन्दिरमा पुष्पवृष्टि हुने भएको हो ।

छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुरले कात्तिक ३ गते महानवमीको दिन बिहान दर्शनार्थीहरुमाथि नेपाली सेनाको हेलिकप्टरबाट पुष्प वृष्टि हुने जानकारी दिए ।

यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र माझीले कात्तिक ३ गते मंगलबार बिहान १० बजेदेखि महासंकल्प पूजा आयोजना हुने र सोही पूजाका क्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि हुने जानकारी दिए ।

‎‎हनुमाननगर कंकालिनी नगरपालिकाले २०८३ असोज २३ गते प्रधानसेनापतिलाई  पुष्पवृष्टि गर्न हेलिकप्टर उपलब्ध गराइदिनुहुन पत्र पठाएको थियो ।‎

पुष्पवृष्टिका लागि आवश्यक फूलको व्यवस्थापन नगरपालिकाले नै गर्ने नगर प्रमुख माझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?