+
+
Shares

भारतको गुवाहाटी गोलीकाण्ड : मृतक ५ मध्ये एकै परिवारका ४ जना

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते ८:२३
घटनाबारे थप अनुसन्धान भइरहेको असम प्रहरीले जनाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असमको गुवाहाटीस्थित होटल बिलास इनमा होटल स्वामित्व र लिज विवादका क्रममा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ।
  • सो घटनामा ६ जनालाई गोली लागेकोमा एक जना घाइते भएका छन् र प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
  • प्रहरीले ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल बरामद गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

१० कात्तिक, काठमाडौं । भारतको असम राज्यस्थित गुवाहाटीमा गोली चल्दा एकै परिवारका चारसहित पाँच जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

होटलका मालिक र लिजमा होटल सञ्चालन गर्ने व्यक्तिबीच भएको विवादका क्रममा गोली चल्दा पाँच जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार राति करिब ९ बजे गुवाहाटीको जीएस रोडस्थित बोरा सर्भिस नजिकै रहेको होटल बिलास इनमा यो घटना भएको हो ।

असम प्रहरीका अनुसार घटनामा ६ जनालाई गोली लागेको थियो । तीमध्ये पाँच जनाको मृत्यु भएको गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तले बताएका छन् ।

घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । प्रहरीका अनुसार घटनामा ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो ।

प्रहरीले घटनामा प्रयोग भएको हतियारसमेत बरामद गरेको जनाएको छ ।

घटना भएको होटल असम प्रहरी मुख्यालयबाट करिब दुई किलोमिटरको दूरीमा रहेको छ । होटलको स्वामित्व र लिजमा सञ्चालन गर्ने विषयमा भएको विवादले हिंसात्मक रूप लिएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?