News Summary
Generated by OK AI. Editorially reviewed.- रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन्।
- बैठकमा विश्वव्यापी अर्थतन्त्र, भू–राजनीतिक तनाव, सुरक्षा चुनौती, आपूर्ति शृङ्खला अवरोध र ऊर्जा तथा खाद्य सुरक्षाबारे छलफल हुनेछ।
- भारतका विदेशमन्त्री एस जयशङ्कर पनि बैठकमा सहभागी भई क्वाड विदेशमन्त्रीस्तरीय बैठक र द्विपक्षीय छलफलमा भाग लिनेछन्।
१३ कात्तिक, एटलान्टा (रासस/एएनआई)। रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन्। अक्टोबर ३० र ३१ मा हुने बैठकमा विश्वव्यापी अर्थतन्त्र, भू–राजनीतिक तनाव र सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।
स्पुतनिकका अनुसार लाभरोभले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, युरोपेली सङ्घ (इयु) की विदेश नीति प्रमुख काजा कालास र चीनलगायत देशका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुनेछ । बैठकमा आपूर्ति शृङ्खलाको अवरोध, समुद्री आवागमनको स्वतन्त्रता तथा ऊर्जा र खाद्य सुरक्षाका विषयमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
भारतका विदेशमन्त्री एस जयशङ्करले पनि बैठकमा सहभागी भई क्वाड विदेशमन्त्रीस्तरीय बैठक तथा द्विपक्षीय छलफलमा भाग लिनेछन् । त्यसपछि उहाँले नोभेम्बर १ देखि ४ सम्म एन्टिगुवा र बारबुडामा हुने राष्ट्रमण्डल सरकार प्रमुखहरूको बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
एटलान्टाको बैठकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी जी–२० नेताहरूको शिखर सम्मेलनका लागि आर्थिक एजेन्डा तय गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
जी–२० मा १९ देश तथा युरोपेली सङ्घ (इयु) र अफ्रिकी सङ्घ सदस्य छन् । यसले विश्वको कुल गार्हस्थ उत्पादनको करिब ८५ प्रतिशत, अन्तर्राष्ट्रिय व्यापारको ७५ प्रतिशतभन्दा बढी र विश्व जनसङ्ख्याको दुई तिहाइ प्रतिनिधित्व गर्छ । यसको अध्यक्षता सदस्य राष्ट्रहरूले आलोपालो गर्दै आएका छन् ।
प्रतिक्रिया 4