+
+
Shares

माधव नेपालले पाए भ्रष्टाचार मुद्दामा वारेस राख्ने अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १६:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ।
  • अदालतका अध्यक्ष बासुदेव आचार्यसहितको इजलासले नेपालको निवेदनमाथि सुनुवाइपछि वारेसको अनुमति दिएको हो।
  • नेपालमाथि पतञ्जली योगपीठको हदम्यादभन्दा बढीको जग्गा सट्टापट्टाको अनुमति दिँदा भ्रष्टाचार गरेको आरोप छ।

१२ कात्तिक, काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव कुमार नेपाललाई भ्रष्टाचार मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नेपालको निवेदनमाथिको सुनुवाइपछि वारेसको अनुमति दिएको हो ।

पूर्वप्रधानमन्त्री नेपालमाथि पतञ्जली योगपीठको हदम्यादभन्दा बढीको जग्गा सट्टापट्टाको अनुमति दिँदा भ्रष्टाचार गरेको आरोप छ ।

डेढ वर्षदेखि त्यो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?