११ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-अफ्रिका आर्थिक तथा मानवीय फोरम (रुस–अफ्रिका इकोनोमिक एन्ड ह्युम्यानिटेरियन फोरम ) मा सम्बोधन गरेका छन्। उनले अहिले सबैले बहुध्रुवीय विश्व साँच्चै यथार्थ बन्दै गएको देखेको बताएका छन्।
पुटिनले यो फोरम विश्वव्यापी रूपान्तरण प्रक्रियासँग राम्ररी मेल खाने बताएका छन्। फोरमका विषयहरू, सहभागीहरूको दायरा र खुला संवादले यसलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ।
“हामी बहुध्रुवीय विश्व साँच्चै यथार्थ बन्दै गएको देखिरहेका छौं र यो प्रवृत्ति वस्तुगत तथा अपरिवर्तनीय दुवै हो,” पुटिनले जोड दिएर भनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4