+
+
Shares

अस्ट्रेलियाले कडा बनायो टुरिस्ट भिसाको नियम, अब पुगेपछि म्याद थप्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १२ गते १२:२४

१२ मंसिर, मेलबर्न । अस्ट्रेलियाले टुरिस्ट भिसासम्बन्धी नियममा परिवर्तन गर्दै थप कडाइ गरेको छ। शनिबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब टुरिस्ट भिसामा अस्ट्रेलिया जाने यात्रुले त्यहाँ पुगिसकेपछि आफ्नो भिसाको अवधि थप्न पाउने छैनन्।

यो नियम भिजिटर भिसा (सबक्लास ६००) का सबै श्रेणीमा लागू हुनेछ। हाल अस्ट्रेलियाले अधिकतम १२ महिनासम्मको टुरिस्ट भिसा जारी गर्ने गरेको छ। यद्यपि, यात्रुले त्यहाँ कति दिन बस्न पाउने भन्ने विषय भिसा जारी गर्ने अधिकारीले तय गर्छन्।

अस्ट्रेलियाको टुरिस्ट भिसा शुल्क करिब २४ हजार नेपाली रुपैयाँबाट सुरु हुन्छ। त्यस्तै, विद्यार्थी भिसाका लागि करिब २ लाख ४० हजार नेपाली रुपैयाँ शुल्क बुझाउनुपर्छ।
नयाँ नियम अनुसार, दक्षिण एसियाली पर्यटकका लागि अस्ट्रेलिया जाँदा फर्किने टिकटसमेत अनिवार्य गरिएको छ।

पहिले के थियो टुरिस्ट भिसाको नियम ?

पहिले टुरिस्ट भिसामा अस्ट्रेलिया जाने यात्रुहरूले केही सर्त पूरा गरी त्यहाँ थप समय बस्नका लागि अर्को भिसामा आवेदन दिन पाउँथे। यसअघि भिसामा कुनै प्रतिबन्ध नतोकिएको अवस्थामा त्यहाँ पुगेर अर्को भिसाका लागि आवेदन दिन पाइन्थ्यो।

फर्किने टिकट अनिवार्य थिएन, तर स्वदेश फर्किनका लागि पर्याप्त पैसा भएको प्रमाण पेस गर्नुपर्थ्यो। यसअघि सामान्यतया ३ महिना बस्न पाइन्थ्यो। केही विशेष अवस्थामा ६ वा १२ महिनाको अनुमतिसमेत मिल्ने गरेको थियो।

३ महिनासम्म अध्ययन गर्न पाइन्थ्यो, तर काम गर्ने अनुमति थिएन।

अब नयाँ नियम भिजिटर भिसा (सबक्लास ६००) का सबै श्रेणीमा लागू हुनेछ। यसअन्तर्गत टुरिस्ट, बिजनेस र ई–भिजिटर भिसा पर्छन्। केही विशेष आपत्कालीन परिस्थितिमा भिसा थप्ने छुट मिल्न सक्छ, तर त्यसका लागि निकै जटिल प्रक्रियाबाट गुज्रिनुपर्नेछ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?