अमेरिका र इजरायलसँगको युद्धका कारण थप आर्थिक संकटको जोखिम बढिरहेका बेला इरानमा ऊर्जा अभावले औद्योगिक उत्पादन घटेको र करिब ६ लाखले रोजगारी गुमाएको एक सांसदले बताएका छन् ।
सांसद नस्रोल्लाह पेजमानफारले खनेह मेल्लत समाचार एजेन्सीसँग कुरा गर्दै प्राकृतिक ग्यासको अभाव जारी रहे अझै १० लाखभन्दा बढी श्रमिकले रोजगारी गुमाउनसक्ने चेतावनी दिए ।
विद्युत् उत्पादन केन्द्रहरूमा उत्पादनमा गम्भीर कमी आएपछि इरानले आइतबार पुन: विद्युत् कटौती सुरु गरेको छ ।
इरानी संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफले ऊर्जा खपतमा सुधार गर्नु देशको सबैभन्दा जरुरी र महत्त्वपूर्ण विषय भएको बताएका छन् ।
उनले भनेका छन्, ‘ऊर्जा खपतमा सुधार देशको सबैभन्दा जरुरी र महत्त्वपूर्ण विषय हो । यो सुधार पेट्रोलबाट होइन, प्राकृतिक ग्यासबाट सुरु हुनुपर्छ ।’
यसैबीच, राष्ट्रपति मसुद पेजेस्कियानले इरानले अहिले ‘मौन आर्थिक युद्ध’ सामना गरिरहेको बताएका छन् ।
नले अमेरिका र इजरायलसँगको सैन्य द्वन्द्वभन्दा पनि आर्थिक युद्ध झन् कठिन रहेको बताएका छन् ।
प्रतिक्रिया 4