+
+
Shares

क्यानाडा र चीनबीच थप शुल्क कटौतीमा सहमति

क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • क्यानाडा र चीनले एपेक शिखर सम्मेलनमा भेटेर व्यापार विस्तारका लागि थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् ।
  • यो सहमतिअनुसार क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ ।
  • क्यानाडाले चिनियाँ स्टिल र आल्मुनियमका केही उत्पादनमा दिइएको भन्सार छुट दुई वर्ष थप्नेछ ।

१ मङ्सिर, सेन्जेन (चीन) (रासस/एएफपी) । क्यानाडा र चीनले व्यापार विस्तार गर्ने उद्देश्यले थप भन्सार शुल्क कटौती गर्ने सहमति गरेका छन् । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच एपेक शिखर सम्मेलनका क्रममा भएको भेटवार्तापछि यस्तो सहमति भएको हो ।

कार्नीको कार्यालयका अनुसार यसबाट क्यानाडाको करिब ४० करोड क्यानेडियन डलर बराबरको निर्यातमा थप भन्सार छुट हुनेछ । यसमा चिस्यानमा राखिएको सुँगुरको मासु, माछा र समुद्री खाद्यवस्तु समावेश छन् । त्यसको बदलामा क्यानाडाले चिनियाँ स्टिल र आल्मुनियमका केही उत्पादनमा दिइएको भन्सार छुट दुई वर्ष थप्नेछ ।

अमेरिकामाथिको व्यापारिक निर्भरता घटाउन खोजिरहेका कार्नीले सन् २०३० सम्म चीनतर्फको निर्यात ५० प्रतिशतले बढाउने लक्ष्य निर्धारित समयभन्दा अगाडि नै पूरा हुने बताएका छन्। चिनियाँ राष्ट्रपति सीले पनि दुई देशबीचको सम्बन्ध सुधारले दुवै देशको हित र विश्वको स्थिरता तथा समृद्धिमा योगदान पुग्ने बताए।

वर्षौंदेखि कूटनीतिक तनाव र भन्सार शुल्क विवादमा रहेका दुई देशबीच सम्बन्ध सुधारको प्रयास भइरहेको छ । सन् २०१८ मा क्यानाडाले अमेरिकी पक्राउ पुर्जीका आधारमा हुवावेका संस्थापककी छोरीलाई पक्राउ गरेपछि चीनले दुई क्यानाडेली नागरिकलाई हिरासतमा लिएको थियो । त्यसपछि दुवै देशले एकअर्काका निर्यातमा शुल्क लगाएका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको अटोमोबाइल क्षेत्रमा दण्डात्मक शुल्क लगाएका थिए। कार्नी गत अगस्टमा अमेरिकासँगको व्यापार वार्ताबाट बाहिरिएको भए पनि पछिल्लो समय दुवै देशबीच सम्झौताको सम्भावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?