+
+
Shares

अमेरिकामा आक्रमण हुनसक्ने गुप्तचरी सूचनापछि इरानलाई ट्रम्पको चेतावनी

सीएनएनले सार्वजनिक गरेको एक रिपोर्टमा नयाँ गुप्तचर सूचनाले इरानले अमेरिकी राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ विस्फोट गराउने योजना बनाइरहेको हुनसक्ने संकेत गरेको उल्लेख थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १७:०२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र कुनै पनि प्रकारको आक्रमण नगर्न इरानलाई चेतावनी दिएका छन् । वासिङ्टन डीसी इरानको सम्भावित निशाना हो कि होइन भन्ने पत्रकारको प्रश्नमा उनले यस्तो चेतावनी दिएका हुन् ।

फिलिपिन्सको राजधानी मनिलामा जारी आसियान शिखर सम्मेलनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकामा आक्रमण भए इरानले अहिलेसम्म कुनै पनि देशले भोग्न नपरेको मूल्य चुकाउनुपर्ने बताए ।

‘यदि त्यस्तो भयो भने उनीहरूले अहिलेसम्म कुनै पनि देशले नचुकाएको मूल्य चुकाउनुपर्नेछ,’ उनले भने ।

इरानलाई ‘सन्की’ को संज्ञा दिँदै ट्रम्पले अमेरिकाले यस विषयलाई निकै गम्भीरतापूर्वक लिएको बताए । यही कारण इरानलाई आणविक हतियार राख्न दिन नहुने उनको भनाइ थियो ।

यसअघि सोमबार सीएनएनले सार्वजनिक गरेको एक रिपोर्टमा नयाँ गुप्तचर सूचनाले इरानले अमेरिकी राजधानी वासिङ्टन डीसीमा ‘डर्टी बम’ विस्फोट गराउने योजना बनाइरहेको हुनसक्ने संकेत गरेको उल्लेख थियो ।

डर्टी बममा परम्परागत विस्फोटक पदार्थसँगै रेडियोधर्मी सामग्री प्रयोग गरिन्छ, जसले विस्फोटपछि विकिरण फैलाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?