+
+
Shares

एनभिडियाको मुख्यालय फर्किए जेनसन, कर्मचारीसँग मागे माफी

कर्मचारीहरूले बारम्बार जेन्सनको नाम पुकार्दै खुसी व्यक्त गरेपछि उनले आफू दोस्रो पटक अझ राम्रो सीईओ बन्ने बताएका थिए । उनले कर्मचारीहरूलाई विभिन्न घटनाक्रमबाट गुज्रिनुपरेकोमा माफीसमेत मागे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते ८:२६

८ मंसिर, काठमाडौं । एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङ कम्पनीको मुख्यालय फर्किंदा कर्मचारीहरूले भव्य स्वागत गरेका छन् ।

हुआङ मुख्यालय फर्किएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । भिडियोमा कर्मचारीहरूले नाम पुकार्दै स्वागत गरेको र अंगालो हाल्दै स्वागत गरेको देखिन्छ ।

कर्मचारीहरूले बारम्बार जेन्सनको नाम पुकार्दै खुसी व्यक्त गरेपछि उनले आफू दोस्रो पटक अझ राम्रो सीईओ बन्ने बताएका थिए । उनले कर्मचारीहरूलाई विभिन्न घटनाक्रमबाट गुज्रिनुपरेकोमा माफीसमेत मागे ।

काममा फर्किएपछि आईटी विभागले आफूलाई नयाँ कम्प्युटर दिने भन्दै उनले ठट्टासमेत गरेका थिए ।

स्वागतका क्रममा उपस्थित दर्जनौं कर्मचारीलाई सम्बोधन गर्दै हुआङले आफूलाई दोस्रो मौका दिएकोमा धन्यवाद व्यक्त गरे । ‘दोस्रो मौका दिनुभएकोमा तपाईंहरू सबैलाई धन्यवाद,’ उनले भने ।

उनको सम्बोधनको अन्त्यतिर एक महिला कर्मचारी दौडिएर उनी नजिक पुगेर उनलाई अँगालो हालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?