+
+
Shares

इन्डोनेसियाको सुनखानीमा बाढी, २६ कामदार फसे

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १४:११

९ मंसिर, जकार्ता । इन्डोनेसियाको जाभा टापुस्थित अवैध सुनखानीमा बाढी पसेपछि २६ जना कामदार भित्रै फसेका छन् । लगातारको भारी वर्षाका कारण नजिकैको नदीमा पानीको सतह बढेर खानीमा बाढी पसेको प्रहरीले बुधबार जनाएको छ ।

पश्चिम जाभाको बोगोर जिल्लास्थित खुला खानीमा सोमबार भारी वर्षापछि नदीको पानी पस्दा कामदारहरू फसेका हुन् । पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचमवानले उद्धार गर्न बाँकी रहेका २६ जना कामदारलाई सुरक्षित बाहिर निकाल्न संयुक्त टोलीले प्रयास गरिरहेको बताएका छन् ।

उहाँका अनुसार वर्षायामको प्रतिकूल अवस्था र खानीभित्र पस्ने साँघुरो मार्गका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । खानीको उत्खनन सुरुङमा प्रवेश गरी कामदारको खोजी तथा उद्धार गर्न टोलीले सक्दो प्रयास गरिरहेको उनले बताए ।

बाढी पस्नुअघि ११ जना कामदार भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । खानीभित्र कामदार फसेको जानकारी अधिकारीहरूले मङ्गलबार मात्र पाएका थिए ।

दक्षिणपूर्वी एसियाली मुलुक इन्डोनेसियामा खानी दुर्घटना सामान्य मानिन्छन् । विशेषगरी अनुमति नलिई सञ्चालन गरिएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र त्यसको पालना नहुने भएकाले यस्ता दुर्घटनाको जोखिम बढी रहने गरेको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?