+
+
Shares

इरानी सर्वोच्च नेता भन्छन्- राष्ट्रिय सुरक्षाका लागि जनसंख्या वृद्धि  अनिवार्य

उनले कम उमेरमै विवाह गर्न र परिवार केन्द्रित संस्कृतिलाई प्रोत्साहन गर्नसमेत आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १४:०९

इरानका सर्वोच्च नेता मोजतबा खामेनीले जनसंख्या वृद्धि र राष्ट्रिय सुरक्षाबीच गहिरो सम्बन्ध रहेको बताएका छन् । राष्ट्रिय जनसंख्या पुरस्कारको चौथो संस्करणका अवसरमा उनले जनसंख्या वृद्धि राष्ट्रिय सुरक्षाका लागि अनिवार्य रहेको बताएका हुन् ।

‘जनसंख्या वृद्धि अनिवार्य छ । यसले राष्ट्रको क्षमता साकार पार्न, वैज्ञानिक, सांस्कृतिक, आर्थिक तथा सामाजिक अवसर सिर्जना र विस्तार गर्न मात्र नभई शत्रुका धम्की र खराब नियतको सामना गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ,’ खामेनीले एक्समा लेखेका छन् ।

उनले कम उमेरमै विवाह गर्न र परिवार केन्द्रित संस्कृतिलाई प्रोत्साहन गर्नसमेत आग्रह गरेका छन् ।

आफ्ना पूर्ववर्ती तथा पिता आयतुल्लाह अली खामेनी युद्धको सुरुवाती आक्रमणमा मारिएपछि मोजतबा खामेनीले मार्चको सुरुवातमा इरानको सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका थिए । त्यसयता उनी सार्वजनिक रूपमा देखा परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?