+

मेस्सीले गोल्डेन बल पाउँदा ब्लाटर पनि आश्चर्यमा

२०७१ असार  ३१ गते ७:१३ २०७१ असार ३१ गते ७:१३
मेस्सीले गोल्डेन बल पाउँदा ब्लाटर पनि आश्चर्यमा

३१ असार, काठमाडौं । फिफा अध्यक्ष सेप ब्लाटरले अर्जेन्टिनाका लिओनल मेस्सीले गोल्डेन बल पाएमा आफू पनि आश्चर्यमा परेको बताएका छन् ।

Messi-with-golden-ballअर्जेन्टिना विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएपनि कप्तान मेस्सी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

ब्लाटरले भनेका छन्-जब मेस्सी प्रतियोगिताको उत्कृट खेलाडीको अवार्ड लिन आउँदै थिए, म अली आश्चर्यमा परेँ ।’ फिफाको टेक्निकल स्टडी ग्रुपले गोल्डेन बल र गोल्डेन ग्लोबको विजेता चयन गर्नेगर्छ ।

ब्लाटरले मेस्सीले समूह चरणमा गरेको प्रदर्शनका आधारमा गोल्डेन बल दिएको विश्वास व्यक्त गरे । उनले भनेका छन्-‘यदि तपाईले प्रतियोगिताको सुरुवातबाट हुर्नुभयो र किन अर्जेन्टिना फाइनलमा पुग्यो भनेर हेर्नु भयो भने, उनी निर्णायक थिए ।’

अर्जेन्टिना लेजेन्ड म्याराडोनाले भने मार्केटिङका लागि मात्र मेस्सीलाई गोल्डेन बल दिएको बताएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय