मंगलबार, १६ जेठ, २०७४
OnlineKhabar.com

रोजगार

वैदेशिक रोजगारीमा जाँदा बैंक खाता अनिवार्य

१५ जेठ, काठमाडौं । अब बैदेशिक रोजगारीमा जानेहरुले बैंक खाता अनिवार्य खोल्नुपर्ने भएको छ । साथै विदेशमा कमाएको रकम त्यही खातामा पठाउनु पर्नेछ । संसदमा बजेट प्र्रस्तुत गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिएको बताए । उनका अनुसार यो खातामा नै रकम पठाउनु पर्नेछ ।...

दोस्रो चरणमा इजरायल जानेको नामावली सार्वजनिक (सूचीसहित)

८ जेठ, काठमाडौं । दोस्रो चरणमा केयर गिभरमा इजरायल जाने नेपाली कामदारको अन्तिम नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले भाषा परीक्षा पास भएका ६० जनाको नाम प्रकाशित गरेको छ । अब अन्तिम छनौटमा परेकाहरुको स्वास्थ्य परीक्षण हुनेछ । त्यसमा सफल हुनेहरुलाई तत्काल इजरायल पठाउन सुरु गरिने विभागले जनाएको छ । कामदार छनोट...

साउदीबाट छोरा फर्काउन ९० लाख खोज्दै ठूलोकान्छा, भन्छन्-ज्यानै आधा भो !

८ जेठ, काठमाडौं । मकवानपुरको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका (मार्खु-८) का ठूलोकान्छा गोलेले छोरा विदेश पठाउँदा लागेको २ लाख रुपैयाँ ऋण तिर्न सकेका छैनन् । कमाउन भनेर हिँडेको उनका छोरा दिनेश गोले विदेशमै ‘बन्धक’ भएका छन् । ४ वर्षअघि छोरा विदेश पठाउन जग्गा बन्धकी राखेर लिएको ऋण तिर्न नपाउँदै ठूलोकान्छालार्इ विदेशबाट छोरा फर्काउन ९० लाख...

६ देशमा श्रम सहचारी र काउन्सिलर नियुक्त गरिँदै

७ जेठ, काठमाडौं । सरकारले विभिन्न श्रम गन्तब्य मुलुकमा रिक्त श्रम सहचारीर काउन्सिलर नियुक्तिको प्रक्रिया थालेको छ । श्रम तथा रोजगार मन्त्रालयले यसका लागि दरखास्त आह्वान गरेको छ । त्यसमा आवेदन दिन चालक अनुमतिपत्र र टोफेल-आइइएलटीएस उत्तीर्ण हुनैपर्ने छ । मलेसिया, दक्षिण कोरिया, साउदी अरबको जेद्दाह, युएई, कुवेत र ओमनका लागि मन्त्रालयले श्रम सहचारी...

विदेश पुगेका महिला ऋण बोकेर फर्किन्छन्

२० वैशाख, पथरी (मोरङ) । भनिन्छ, सबैभन्दा साह्रो ढुङ्गा र त्योभन्दा पनि साह्रो आर्थिक अभाव । तर आकाशको जून झारिदिने सपना देखाएका पे्रमीले कमाउलान् र खुवाउलान् भन्ने उमेरमा हिंसा गरेपछि मोरङको केरौन–५ भौसावारीकी दुर्गा पाठक (कटुवाल) विना योजना र तयारी वैदेशिक रोजगारीमा कुवेत हानिइन् । न त भाषाको ज्ञान थियो । न कुनै तालिम र...

कुबेत भन्दै दुबई पुर्‍याइएका १२ नेपाली महिलाको उद्धार

१९ वैशाख, काठमाडौं । अवैधानिक रुपमा भारत हुँदै दुबई पुगेका आज १२ जना महिला कामदार आज फिर्ता भएका छन् । उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर दुबई पुर्‍याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कुबेत जान भनेर हिँडेका महिलालाई  दुबईबाट  उद्धार गरेर नेपाल फर्काइएको हो । उद्धार गरिएका महिलाहरु बर्दिया, महोत्तरी, भक्तपुर, धनकुटा, झापा, सिन्धुपाल्चोक, मकवानपुर, मोरङ लगायत...

‘छोरा बचाउन म बुढीले कहाँबाट ल्याउँ ४५ लाख ?’ (भिडियोसहित)

१५ बैशाख, काठमाडौं । माथिको तस्वीरमा देखिएको घरलाई हेर्नुभयो ? यो परिवारको गरिबीको वर्णन यहाँ शब्दमा गर्नुपर्ने अवस्था छैन । यही परिवार अहिले ४५ लाख रुपैयाँ चाहिएको छ । कारण हो, परिवारको लालनपालनको जिम्मा लिएर विदेशिएको छोरो जीवन । नवलपरासीको मदननगरका थानेश्वर भुसाल ४ वर्षदेखि साउदी अरवको जेलमा बन्दी जीवन विताइरहेका छन् । साउदीमा...

रक्सीले बर्बाद बनायो आमा ! अब सुध्रिन्छु

१४ बैशाख, क्वालालम्पुर । मोबाइलमा घण्टी बज्यो । फोन इन्द्र कुँवरको रहेछ । ‘राम सर, कता हुनुहुन्छ ?’ उनले सोधे । मैले आफू क्वालालम्पुरमै भएको बताएँ । ‘हेर्नुस न, एकजना मानिस फेला परेका छन् । उनलाई केही गर्न सकिन्छ कि भनेर सुगाईवेसीबाट लवकुश सुव्वा सरहरुले फोन गरिरहनुभएको छ ।’ ‘को रहेछन् त ?’ मैले...

विदेशबाट निःशुल्क पठाउनुस् घरमा पैसा, सरकारले बेहोर्नेछ रेमिट्यान्स पठाउने खर्च

११ बैशाख, काठमाडौं । विदेशमा रहेका नेपाली कामदारले औपचारिक प्रणालीबाट स्वदेशमा रकम पठाउँदा लाग्ने शुल्क तथा कमिसन नेपाल सरकारले व्यहोर्ने भएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्षको बजेटले यस्तो व्यवस्था गर्ने भएको हो । ‘हुण्डीबाट रेमिट्यान्स पठाउने प्रवृत्तिलाई निरुत्साहित गर्न र कामदारहरुको लागत घटाउन सरकारले यस्तो व्यवस्था गर्न लागेको हो,’ स्रोतले...

वैदेशिक रोजागारीमा जानु अघि पुनर्निर्माणमा २० हजारको जागिर

१० वैशाख, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले वैदेशिक रोजगारीमा जाने प्रक्रियामा रहेको युवाहरुलाई छोटो समयका लागि पुनर्निर्माणमा खटाउने भएको छ । पुनर्निर्माणमा दक्ष कामदारको अभाव भएपछि प्राधिकरणले अल्पकालीन रोजगारी दिएर युवाहरुलाई खटाउन लागेको हो । यसबारे आइतबार वैदेशिक रोजगार ब्यवसायी संघ र पुनर्निर्माण प्राधिकरणबीच सम्झौता भएको छ । सहमति अनुसार बैदेशिक रोजगारीमा जान भिसाका...

मलेसियामा अलपत्र परेका १८ नेपाली कामदारको उद्दार

९ वैशाख,काठमाडौं । सरकारले मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुको उद्दार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा शुक्रबार १८ जना नेपालीहरुको उद्दार गरेको हो । विभिन्न मितिमा मलेसियामा पुगेका उनीहरुलाई व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसको जानकारी पाएलगत्तै प्रधानमन्त्री...

टोफेल पास नगरी श्रम सहचारी बन्न नपाइने

६ बैशाख, काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तब्यका श्रम सहचारी नियुक्तिको कडा मापदण्ड बनाइएको छ । यसले शक्ति केन्द्रको भनसुन र पैसाको भरमा श्रम सहचारी हुन रोक्ने विश्वास लिइएको श्रम मन्त्रालयले जनाएको छ । श्रम तथा रोजगार मन्त्रालयले कडा प्रावधानसहित कार्यबिधि पारित गर्दै नयाँ मापदण्ड बनाएको छ । जसअनुसार अब टोफेल र आइएलटीएसमा न्यूनतम...