बुधबार, १३ वैशाख, २०७४
OnlineKhabar.com

सूचना प्रविधि

टेलिकमको डाटाबाट ५५० सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने

१२ वैशाख, काठमाडौं । नेपाल टेलिकमले जीएसएम सेवामा सरकारी वेबसाइटहरु निःशुल्क खुल्ने ब्यवस्था गरेको छ । झण्डै ५५० सरकारी साइटहरु निशुल्क भिजिट गर्न सकिने गरी यो ब्यवस्था गरिएको टेलिकमकी महाप्रवन्धक कामिनी राजभण्डारीले जानकारी दिइन् । नेपाल सरकारका वेबसाइटहरु टेलिकमको जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न समेत सकिने भएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा...

गुगल क्रोममा ‘कपिलेस पेष्ट’ फिचर

गुगलले आफ्नो वेब ब्राउजर गुगल क्रोममा एक नयाँ फिचर ल्याएको छ, जसलाई कपिलेस पेष्ट नाम दिइएको छ । एन्ड्रोइड प्रयोगकर्ताका लागि पेश गरिएको यो फिचरका माध्यमबाट क्रोममा प्रयोगकर्ताले जे कुरा सर्च गर्दछन् त्यसपछि प्रयोग गर्ने सबै एप्समा उक्त सर्च गरिएको कुरा पेष्ट गर्ने अप्सन आफै आउनेछ । कपिलेस पेष्ट फिचर प्रयोग गर्नका लागि क्रोमको...

बुवाआमाको मोबाइल फोन परिवारका लागि खराब

अभिभावकहरुले आवश्यक भन्दा बढि मात्रामा मोबाइल फोन प्रयोग गर्दा त्यसले पारिवारिक जिवनमा दरार पैदा गर्ने एक अध्ययनले देखाएको छ । ११ देखि १८ वर्ष उमेरका २ हजार विद्यार्थीहरुमा गरिएको सर्वेक्षणमा एक तिहाई विद्यार्थीहरुले आफ्ना बुवाआमाले बढि मोबाइल चलाउने गरेको र आफुहरुले मोबाइल धेरै नचलाउन आग्रह गर्ने गरेको बताए । १४ प्रतिशत विद्यार्थीहरुले आफ्ना अभिभावकहरु...

नेपाल टेलिकमद्वारा डाटा शुल्कमा भारी कटौती, ल्यायो सस्तो अफर

१० वैशाख, काठमाडौं । नेपाल टेलिकमले पनि इन्टरनेट डाटा शुल्क घटाएको छ ।  सस्तो अफर भन्दै टेलिकमले आफ्नो शुल्क घटाएको हो । कम्पनीले नाइट टाइम प्याक, अल टाइम प्याक, डे नाइट डाटा प्याक, फेसबुक डाटा प्याक र नाइट भ्वाइस प्याक अफर ल्याएको हो। राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने नाइट टाइम प्याक...

फेसबुकले ल्याउँदैछ ‘दिमागले चल्ने’ किबोर्ड

सोसल नेटवर्किंग कम्पनी फेसबुकले एउटा यस्तो प्रविधिमा काम गरिरहेको छ जसमा सफल भएमा प्रविधि उद्योगमा क्रान्तिकारी फड्को आउनेछ । फेसबुकले यस्तो प्रविधि बनाउँदैछ जसबाट तपाइँले आफ्नो कम्प्युटरको किबोर्ड हातले थिचिरहनुपर्नेछैन । तपाइँले आफ्नो दिमागले नै कम्प्युटर नियन्त्रण गर्न सक्नुहुन्छ र दिमागले नै टाइप गर्न सक्नुहुनेछ । उक्त साइलेन्ट स्पिच नामको सफ्टवेयरको मद्धतले मानिसहरुले प्रति...

ओप्पोको डुअल फ्रन्ट क्यामेरासहितको एफथ्री नेपालमा सार्वजनिक गर्ने तयारी

९ बैशाख, काठमाडौं । वैश्विक स्मार्टफोन फोटोग्राफीका लागि अग्रणी ओप्पोले डुअल सेल्फी क्यामेरा स्मार्टफोन ओप्पो एफथ्री नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ फोनमा उपलब्ध डुअल फ्रण्ट क्यामेराको माध्यमबाट प्रयोगकर्ताले आकर्षक तथा उत्कृष्ट सेल्फीका साथै गु्रप (सामुहिक) सेल्फी समेत निकै सहज तरिकाले लिन सक्नेछन् । नेपाल लगायत भारत, भियतनाम, ईन्डोनेसिया, फिलिपिन्स र म्यानमारमा...

स्मार्टफोनमा पोर्न ? सुरक्षाका लागि यसो गर्छ मानिसहरु

विश्वमा धेरै मानिसहरु पोर्न सामाग्री हेर्छन् । पोर्नहबका अनुसार सन् २०१५ मा उक्त साइटमा कुल ४ अर्ब ३९ करोड घण्टा भन्दा बढि समय पोर्न हेरिएको छ । यो त केवल एउटा पोर्न साइटको मात्र रेकर्ड हो । यस्ता कैयन् वेबसाइटहरु छन् जहाँ मानिसहरु पोर्न सामाग्री हेर्छन् । भलै मानिसहरु पोर्न सामाग्री हेर्ने काम गुपचुप गर्छन्...

‘इन्टरनेट सबैका लागि’ थिममा एनसेलले ल्यायो नयाँ डेटा प्याकहरु

८ वैशाख , काठमाडौं । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरुको मजा लिन सक्नेछन् । नयाँ डेटा प्याकहरु  विहिबारदेखि लागु भएको छ । इन्टरनेट सबैका लागि’...

एपेक्श डिजिटलको नवौं स्मार्ट स्टोर विराटनगरमा

८ वैशाख, विराटनग । एपेक्स डिजिटलको नवौं स्मार्ट स्टोर विराटनगरमा खुलेको छ । बुधवारदेखि स्टोरले आफनो नवौ साखा विराटनगरमा खोलेको हो । मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले स्टोरको उदघाटन गरेका थिए । स्टोरमा ग्राहकहरुले विभिन्न ब्राण्डहरु विच आकर्षक डिजिटल डिस्प्लेमा सजिलै अवलोकन, अनुभव र तुलना गर्न सक्ने ब्राण्डका म्यानेजर प्रकाश सुवेदी जानकारी दिए...

प्रिमियम फिचर खोज्नेलाई ग्यालेक्सी एस८ र एस८ प्लसले आकषिर्त गर्नेछन्

सामसुङका पछिल्ला दुई स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । केही दिनअघि लन्च गरिएका सामसुङ ग्यालेक्सी एस८ र एस८ प्लसको नेपाली प्रयोगकर्ताले तीव्र प्रतिक्षा गरिरहेका थिए । यसअघिको नोट ७ मा ब्याट्री पड्किने समस्या देखिएपछि गत वर्ष सामसुङले नेपालमा सो फोन ल्याएन । अहिले एस सिरिज अन्तर्गतको एस७ पछि हाई रेन्जमा एस८ र एस८ प्लसलाई...

यसरी पत्ता लगाउनुस् आफ्नो स्मार्टफोनको भाइरस

एन्ड्रोइड विश्वमा सबैभन्दा धेरै प्रयोगमा आएको अपरेटिंग सिस्टम हो । दुनियामा १ अर्ब भन्दा धेरै एन्ड्रोइड प्रयोगकर्ता छन् ।यी प्रयोगकर्तालाई आफ्नो जालमा पार्नका लागि ह्याकरहरुले नयाँ नयाँ टि्रक्सको प्रयोग गरिरहेका हुन्छन् जसबाट प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमा संकास्पद एप डाउनलोड गरुन् र त्यस्ता भाइरसजन्य एपबाट प्रयोगकर्ताको मोबाइल् ह्याक गर्न सकियोस् । एप्पल प्रडक्टको तुलनामा एन्ड्रोइडमा भाइरसको...

नेपाल अाइपुगे सामसुङ ग्यालेक्सी एस ८ र एस ८ ‘प्लस’,

काठमाडौं । सामसुङले बहुप्रतिक्षित एस ८ र एस ८ ‘प्लस’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । बुधबारदेखि बुकिङ सुरु भएका यी स्मार्टफेन बैशाख २२ बाट नेपाली बजारमा किन्न सकिने छ । राजधानीमा बुधबार ग्यालेक्सी एस ८ र एस ८ प्लसको बिक्री प्रारम्भको घोषणा गरेको हो ।  नेपाली बजारमा ग्यालेक्सी एस ८ को मूल्य ८८ हजार...