+
+

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा टिकटक बन्द भएपछि के भयो ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १३:४१

अमेरिकी प्रयोगकर्ताहरु अत्यन्तै लोकप्रिय सोसल मिडिया एप टिकटक प्रतिबन्धित हुने कुराले चिन्तित भइरहेको बेला उनीहरुले विश्वको अर्को भागमा रहेको एउटा देशबाट पाठ सिक्न सक्दछन् ।

गत बुधबार अमेरिकी तल्लो सदनले एउटा विधेयक पारित गर्‍यो जसले अमेरिकाभर टिकटक प्रतिबन्ध हुनसक्छ । यद्यपि यो चिनियाँ एप अमेरिकीहरुको फोनबाट तत्कालै हराउने छैन तर टिकटक प्रतिबन्धित हुने हल्लाले १७ करोड अमेरिकी प्रयोगकर्ताहरु गहिरोगरी झस्किएका छन् ।

तर यहाँनेर अमेरिकीहरुले थाहा पाउनुपर्ने कुरा के छ भने टिकटकविहीन दुनियाँमा पनि बाँच्न र रहन सम्भव छ । यसका लागि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशलाई सोध्नुहोस् ।

सन् २०२० को जुनमा चीन र भारतबीचको सीमाक्षेत्रमा कम्तिमा २० जना भारतीय सेनाको ज्यान जानेगरी भएको हिंसात्मक भिडन्तपछि भारत सरकारले एक्कासी टिकटक तथा अन्य धेरैवटा लोकप्रिय चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगायो ।

दिल्लीस्थित प्रविधिसम्बन्धी वेबसाइट मिडियानामाको संस्थापक निखिल पाहवा भन्छन् – के कुरा बुझ्नु आवश्यक छ भने भारतले टिकटकलगायतका विभिन्न चिनियाँ एपहरु प्रतिबन्ध गरिरहँदा त्यो निर्णयको प्रसंशा गर्नेमा अमेरिका पहिलो थियो ।

तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले उक्त प्रतिबन्धलाई स्वागत गर्दै त्यसले भारतको सार्वभौमसत्तालाई बढावा दिने बताएका थिए ।

अचानक टिकटक बन्द गर्ने भारत सरकारको निर्णयले त्यतिबेला २० करोड भारतीय टिकटक प्रयोगकर्तालाई स्तब्ध बनाएको थियो । तर, त्यसपछिका ४ वर्षमा धेरै भारतीय प्रयोगकर्ताले अन्य उपयुक्त विकल्प फेला पारिसकेका छन् ।

निखिल पाहवा भन्छन् – टिकटकमाथिको प्रतिबन्धले अर्बौं डलरको अवसर सिर्जना गर्‍यो । २० करोड प्रयोगकर्ताहरु कतै त जानु पर्थ्यो । अनि त्यस अवस्थामा नयाँ सुविधाहरु सहित आएका अमेरिकी प्रविधि कम्पनीहरुले उक्त अवसरलाई कब्जा गरे ।

टिकटक विनाको जीवन

प्रतिबन्ध पीडाविहीन भने थिएन । प्रतिबन्धपछि महिनौंसम्म भारतीय टिकटक प्रयोगकर्ताहरु द्विविधा र पीडासँग जुध्नुपर्‍यो । सन् २०२० सम्ममा कडा कोभिड प्रतिबन्धको दबाबबाट केही राहत पाउने माध्यमको रुपमा भारतीयहरुको बीचमा टिकटक व्यापक रुपमा लोकप्रिय बनेको थियो ।

‘भारतमा सबैजना बलिउड स्टार बन्न चाहन्छन् र टिकटकले स साना गाउँ तथा सहरसम्मका मानिसहरुलाई समेत रातारात चर्चित स्टार बनाइदिएर उक्त सपनालाई सम्भव बनाइदियो’, बैंगलोरस्थित मार्केटिंग प्लाटर्फम भाइरालोका प्रमुख सप्तरी राय बताउँछन् ।

तर, उनीहरुको रचनात्मकता र व्यवसायिक उपक्रमहरुका लागि अन्य मार्ग प्रसस्त हुनमा लामो समय लागेन ।

उक्त रिक्तता पूरा गर्नका लागि दिग्गज अमेरिकी प्रबिधि कम्पनीहरु र घरेलु कम्पनीहरुबीच क्रूर संघर्ष सुरु भयो ।

प्रतिबन्धको एक हप्ताभित्रैमा मेटा स्वामित्वको इन्स्टाग्रामले टिकटकको कपीक्याटको रुपमा रहेको रील्स भारतमा लञ्च गर्‍यो । त्यस्तै गुगलले आफ्नो शर्ट भिडियो सर्भिस युट्युब शर्टस् जारी गर्‍यो ।

टिकटक प्रतिबन्धपछि एमएक्स टकाटक तथा मोज जस्ता घेरेलु विकल्पहरुको लोकप्रियतामा पनि वृद्धि भयो र ती कम्पनीमा लगानीको ओइरो लाग्यो ।

तर, विस्तार भइरहेका अमेरिकी कम्पनीहरुको पहुँच, वित्तिय क्षमतासँग तुलोमा आउन नसक्दा ती स्थानीय स्टार्टअपहरु छिटै हराएर गए ।

गुगलका प्रवक्ताका अनुसार युट्युबले सन् २०२२ मा मात्रै भारतीय अर्थतन्त्रमा करिब २ अर्ब डलरको योगदान गरेको थियो ।

भारतीय कन्टेन्ट क्रियटर्सले टिकटकका लागि तयार पारेका पूराना भिडियोहरु तीव्र रुपमा इन्स्टाग्राम र युट्युब शर्टस्मा स्थानान्तरण गर्न थाले ।

रायका अनुसार कतिपय सोसल मिडिया इन्फ्लुएन्सरहरुले त दिनमै सातवटा सम्म रील्स अपलोड गरिरहेका थिए र एक वर्षमै ४० देखि ५० लाखसम्म सब्सक्राइबर हाँसिल गरेका थिए ।

तर ती प्लाटर्फममा उल्लेख्य फलोअर्स सिर्जना गर्न सबैले सकेनन् ।

मार्केटिंग तथा व्यवस्थापन कम्पनी ओप्राहएफएक्सका कार्यकारी निर्देशक क्लेड फर्नान्डेज भन्छन् – टिकटक प्रतिबन्धपछि धेरै प्रयोगकर्ता तथा सर्जकहरु गहिरो तथा अँध्यारो क्षेत्रमा खस्किए र त्यसमध्ये धेरैजसो त अहिलेसम्मपनि बौरिन सकेका छैनन् ।

टिकटकमा जोकोहीले प्राप्त गर्ने फलोअर्स तथा दर्शकको मात्रा अन्य कुनै पनि प्लाटर्फमसँग तुलना हुन सक्दैन ।

सुरक्षाको कुरा के छ त ?

चीन सरकारले टिकटकको मातृ कम्पनी बाइटडान्सलाई अमेरिकी प्रयोगकर्ताका डेटा हस्तान्तरण गर्नका लागि बाध्य पार्नसक्ने भन्दै अमेरिकी अधिकारी तथा सांसदहरुले लामो समयदेखि चासो व्यक्त गर्दै आएका छन् ।

तथापि साइबरसुरक्षा विज्ञहरु भने टिकटकले राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको भन्ने आरोप एक हदसम्म काल्पनिक रहेको बताउँछन् । त्यस्तै भारतीय विज्ञहरु पनि भारतीय डिजिटल जीवनबाट टिकटकको बहिर्गमनले सुरक्षित साइबर स्पेसको सिर्जना नगरेको बताउँछन् ।

विज्ञ भन्छन् – टिकटकको प्रतिबन्धले मात्रै साइबरसुरक्षाको क्षेत्रमा रहेको खतरालाई निस्तेज पारेको छैन । जबसम्म प्रयोगकर्तामा आफ्नो फोनमा रहेका सफ्टवेयरहरुका बारेमा सचेतना हुँदैन र खुल्ला इन्टरनेटबाट आफूले के डाउनलोड गर्छु भन्ने हेक्का हुँदैन, तबसम्म यस्तो खतराको वातावरणमा परिवर्तन हुन सक्दैन ।

अमेरिकी सांसदहरु प्नि प्रोपोगान्डा, गलत सूचना तथा अमेरिकीहरुलाई प्रभाव पार्ने कार्यमा टिकटकलाई बेइजिङले साधनको रुपमा प्रयोग गर्नसक्ने खतरा रहेको बताउँछन् । तर, टिकटकको प्रतिबन्धले भारतीयहरुलाई यस्ता खतराबाट बँचाउन सकेको छैन।

विभिन्न सामग्रीहरु तथा गलत सूचनाको माहोलको सन्दर्भमा हामीले टिकटक हुँदा वा नहुँदा पनि डिपफेक आदिजस्ता गम्भीर मुद्दाहरुसँग जुध्नु पर्दछ । त्यसैले समग्रमा टिकटक समस्याग्रस्त थियो भन्ने प्रमाणित भएको मान्दा जोखिम परिदृश्यको कुन हिस्सा उल्लेख्य रुपमा परिवर्तन भयो भन्ने कुरा हेर्न कठनि छ ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?