+
+

रोयल्टी विवाद टुंगिएपछि टिकटकमा फर्किए टेलर स्वीफ्ट र रिहानाका गीत

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १७:१९

काठमाडौं । रोयल्टीलाई लिएर संगीत वितरक युनिभर्सल म्युजिक ग्रुप र टिकटकबीचको विवाद साम्य भएको छ । यो सहमतिसँगै टिकटकबाट हटाइएका टेलर स्वीफ्ट र रिहानाका गीत प्लाटफर्ममा फर्किएका छन् ।

आगामी साता गायिका स्वीफ्टको बहुप्रतीक्षित नयाँ एल्बम ‘द टर्टर्ड पोएट्स डिपार्टमेन्ट’ रिलिज हुनुअघि यो लोकप्रिय सामाजिक सञ्जालमा उनका गीतहरु फिर्ता आएका हुन् ।

सीएनएनका अनुसार टिकटकको नयाँ संगीत क्याटालगमा स्वीफ्टका गीत समेटिएका छन् । यी गीतलाई संगीत सिर्जना गर्ने जोकोहीले प्रयोग गर्न सक्नेछ ।

जनवरीमा युनिभर्सल म्युजिक ग्रुपले टिकटकसँग सम्झौताको म्याद सकिन लागेको बताउँदै टेलरसहित एरियाना ग्रान्डे, क्यामिला काबेलो र रिहानाका गीतलाई फिर्ता लिएको थियो । प्रतिलिपि अधिकार उल्लंघनको कारण गीत टिकटकबाट हटाइएको उक्त अवसरमा बताइएको थियो ।

युनिभर्सलले आफ्नो राजस्वको एक प्रतिशत हिस्सा टिकटकले ओगट्ने उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?