Comments Add Comment

भारतमा टिकटकलगायत ५९ एपमाथि स्थायी प्रतिबन्ध

१३ माघ, काठमाडौं । भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्राद्योगिकी मन्त्रालयले टिकटकलगायत ५९ चिनियाँ एपमाथि स्थायीरुपमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसअघि गत जुन महिनामा गरेको निर्णयलाई स्थायी गरिएको मन्त्रालयले बताएको छ । मन्त्रालयले गत जुन महिनामा यी एपहरुमाथि प्रतिबन्ध लगाउँदै एप निर्माताहरुबाट एपको सुरक्षा र गोपनीयताबारे व्याख्याको लागि समय दिएको थियो । तर, कुनै पनि कम्पनीले बुझाएको जवाफबाट सरकार सन्तुष्ट नभएको मन्त्रालयले बताएको छ ।

स्थायीरुपमा प्रतिबन्ध लागेका एपहरुमा टिकटक, वीच्याट, यूसी ब्राउजरलगायतका एप छन् । गत जुन महिनामा मन्त्रालयले यी एपहरुमाथि प्रतिबन्ध लगाउँदै यी एपहरु भारतको सार्वभौमिकता र अखण्डताप्रति पूर्वाग्रही रहेको बताएको थियो ।

गत वर्षको जुनमा भारतको लद्दाखस्थित सीमाक्षेत्रमा भएको झडपपछि भारतले त्यसको जवाफमा चिनियाँ एपहरुमाथि प्रतिबन्धको निर्णय गरेको थियो । उक्त झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । गत सेप्टेम्बरमा भारतले चिनियाँ एपमाथिको प्रतिबन्धलाई थप विस्तार गर्दै ११८ मोबाइल एपमाथि प्रतिबन्धको निर्णय गरेको थियो । यसअघि लगाइएको प्रतिबन्ध स्थायी बनेको विषयमा टिकटकले भने कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment