+

व्यायाम गरेपछि शरीरको बोसो कहाँ जान्छ ?

२०८० भदौ  ३१ गते १३:५१ २०८० भदौ ३१ गते १३:५१
व्यायाम गरेपछि शरीरको बोसो कहाँ जान्छ ?

व्यायाम गर्दा मानिसको शरीरको बोसो घट्छ, तर त्यो कहाँ जान्छ ? यो प्रश्न धेरैको मनमा उब्जिन सक्छ । यसै विषयलाई लिएर केही वर्षअघि १५० चिकित्सक, आहारविज्ञ र शारीरिक प्रशिक्षकलाई प्रश्न सोधिएको थियो ।

यसको उत्तर तीनवटा राखिएको थियो ।

१. बोसो ऊर्जा र गर्मीमा परिणत हुन्छ ।

२. बोसो मांसपेशीमा परिणत हुन्छ ।

३. बोसो कार्बनडाइअक्साइड र पानीमा परिणत हुन्छ ।

यसमध्ये १४७ जनाले यसको गलत उत्तर दिएका थिए । यदि तपाईंको विचारमा यसको उत्तर ‘क’ वा ‘ख’ हो भने यो गलत छ । न्यु साउथ वेल्स विश्वविद्यालयको स्कुल अफ बायोमोलेक्युलर साइन्सका वैज्ञानिक रुबेन मीरम्यान धेरै विज्ञलाई यसको जवाफ थाहा नभएको बताउँछन् ।

उनी भन्छन्, ‘अधिकांशले बोसो ऊर्जामा रुपान्तरण हुन्छ भनेका छन्, जुन गलत हो । वास्तवमा यो पदार्थको संरक्षणको नियमको विरुद्ध हो, जसले रासायनिक प्रतिक्रिया पछ्याउँछन् । त्यस्तै विकल्प ‘ख’ अर्थात् को बोसो मांसपेशीमा रूपान्तरण हुने कुरा पनि असम्भव रहेको मीरम्यान बताउँछन् ।

सन् २०१४ मा ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित मेरम्यानको अनुसन्धान अनुसार यसको सही उत्तर ग हो । अर्थात् बोसो कार्बनडाइअक्साइड र पानीमा परिणत हुन्छ । अनुसन्धानअनुसार शरीरबाट पानी पिसाब, पसिना, सास र अन्य शारीरिक तरल पदार्थको रूपमा निस्कन्छ । जसमा शरीरको मुख्य अंग फोक्सोको महत्वपूर्ण भूमिका हुन्छ ।

यसलाई अझ स्पष्ट पार्दै मिरम्यान द कनभर्सेसन डटकममा लेखेका छन्, ‘यदि कसैले १० केजी बोसो गुमाउँछ भने त्यसको ८.४ केजी कार्बन डाइअक्साइडबाट बाहिर निस्कन्छ र बाँकी १.६ केजी पानीको रूपमा बाहिर निस्कन्छ । अर्को शब्दमा सामान्यतया यतिकै पनि तौल घटाइरहेका हुन्छौं । यसो घट्नुमा फोक्सोको महत्वपूर्ण भूमिका हुन्छ । जुन सासको रुपमा छोड्छौं ।

डाक्टरहरू किन गलत थिए ?

किनकि यस प्रश्नको सर्वेक्षण गरिएका १५० जना विज्ञमध्ये तीन जनाले मात्र सही जवाफ दिएका थिए । मेरम्यानले अष्ट्रेलिया, अमेरिका, बेलायत र केही युरोपेली देशमा विज्ञहरूका बीचमा पनि यस प्रश्नको सर्वेक्षण गरेका थिए तर सबै ठाउँमा गलत जवाफ आएको थियो ।

साथै मेरम्यानको निष्कर्ष यस तथ्यमा आधारित छ कि हामीले जे खान्छौं त्यसमा हामीले लिने अक्सिजनको मात्रा पनि समावेश हुनुपर्छ । ‘उदाहरणका लागि यदि शरीरमा ३.५ केजी खाना र पानी भयो भने त्यसबेला हामीले ५०० ग्राम अक्सिजन पनि लिएका हुन्छौं । हामीले जम्मा चार किलो खायौं । त्यसैले शरीरबाट पनि चार किलो बाहिर निस्किनुपर्छ । नभए तौल बढ्छ’, मीरम्यान भन्छन् ।

मोटोपन घटाउन के गर्ने ?

मीरम्यानका अनुसार तौल घटाउनका लागि फ्याट सेलबाट कार्बन निकाल्न आवश्यक हुन्छ । जुन हामीले सास फेर्दा कार्बन छोड्छौं ।

मीरम्यान लेख्छन्, ‘यस्तो हुन सक्दैन किनकि आवश्यक भन्दा बढी सास लिंदा हाइपरभेन्टिलेसन हुन्छ । जसले रिंगटा लाग्ने र बेहोस हुने समस्या हुन सक्छ ।’

त्यसैले शरीरबाट कार्बन डाइअक्साइडको मात्रा बढाउन सक्ने एक मात्र उपाय मांसपेशीका गतिविधि बढाउनु रहेको उनी बताउँछन् ।

सबैभन्दा प्रभावकारी समाधान के हो ?

यसका लागि व्यायामबाहेक पनि अन्य धेरै तरिकाबाट शरीरमा कार्बन डाइअक्साइड उत्पादन गर्न सकिने मीरम्यान बताउँछन् । उभिएर बस्दा, खाना पकाउँदा, सरसफाइ गर्दा, घुम्न जाँदा शरीरको मेटाबोलिजम तीन गुणाले बढ्छ ।

तौल घटाउन चाहने हो भने कम खान र आफ्नो शरीरलाई धेरै चलाउन मीरम्यान सुझाउँछन् ।

बीबीसी हिन्दीको सहयोगमा

बोसो व्यायाम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय