+
+

दोस्रो बच्चा हुँदा पहिलोले के-के गुण सिक्न पाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते ११:३०

हिजोआज धेरै दम्पतीले एकजना मात्र सन्तान जन्माउने सोच राखिरहेका छन् । यसको मुख्य कारण बढ्दो महँगीलाई मानिएको छ । एक भन्दा बढी बच्चा भएपछि राम्रोसँग लालनपालन गर्न सकिन्छ कि सक्दैन भन्ने डर अभिभावकमा छ । बरु यसको सट्टा एकजना सन्तानलाई गुणस्तरीय शिक्षा, स्वस्थ खानपान र लालनपालन गर्ने सोच राख्छन् ।

यो सोचले हिजोआजका बच्चाहरुमा एक्लो बस्ने बानी बसालेको देखिन्छ । एकअर्कासँग मिलेर बस्ने बानी हराउँदै गएको देखिन्छ । जुन बच्चाको व्यवहारमा प्रष्ट झल्किन्छ ।

दोस्रो बच्चा हुनुका फाइदाहरु

जिम्मेवारीको गुण

परिवारमा आफूभन्दा सानो बच्चा भएमा पहिला जन्मेको बच्चाले आफू ठूलो भएको महसुस गर्छ । बिस्तारै उसले आमाबुवाको सानोतिनो काममा सहयोग गर्नुपर्छ भन्ने जिम्मेवारी बोध गर्छ । यति मात्र नभई उसले आफ्नो काम आफैं गर्ने आफूभन्दा पछि जन्मिएका साना भाइबहिनीसँग खेल्ने, रमाइलो गर्ने र स्याहारसुसार गर्न सिक्छ ।

साझेदारीको गुण

पहिलो सन्तान जब एक्लै हुन्छ । उसले वरिपरिको सबै कुरा मेरो हो भन्ने सोच्छ । त्यसैले उसले आफ्नो खेलौना वा अन्य सामान अरुलाई दिन मान्दैन । जसकारण कहिलेकाहीं आमाबुवाले लज्जाबोध गर्नुपर्ने हुन्छ । तर दोस्रो बच्चा हुनेबित्तिकै उसले आफ्नो खेलौना, लुगा, कोठा, खानेकुरा सेयर गर्न सिक्छ । जुन बच्चाको एउटा महत्वपूर्ण गुण हो ।

व्यवहारमा परिवर्तन

प्रायजसो एक्लो बच्चा जिद्दी स्वभावको हुन्छ । स-साना कुरामा रिसाउने, झर्को मान्ने हुन्छ । जब उसको भाइबहिनी हुन्छ उसको व्यवहारमा परिवर्तन देख्न सकिन्छ । एकअर्कालाई सहयोग र हेरचाह गर्ने भावना आउँछ । उसले आफ्नो मन मिल्ने साथी पाउँछ । जोसँग खेल्ने र एकअर्कोबीच प्रगाढ सम्बन्ध स्थापित हुन्छ ।

दोस्रो गर्भावस्थाको अनुभव

कहिलेकाहीं पहिलो गर्भावस्थामा आएका पीडा सम्झेर दोस्रो बच्चा पाउन योजना नै बनाउँदैनन् । तर दोस्रो गर्भावस्थामा त्यस्तो जोखिम र पीडा नआओस् भनी महिलाले आफैं तयार गर्ने गर्छिन् । यसले जोखिम र समस्यालाई न्यूनीकरण गर्छ ।

ध्यानमा राख्नुपर्ने कुरा

कहिले पनि साथीभाइको दबाबमा दोस्रो बच्चाको योजना नबनाउनु हुँदैन । पहिला आफूलाई दोस्रो बच्चाको लागि सक्षम बनाउनुपर्छ । आर्थिक रुपमा सबल छ, स्वास्थ्य पूर्ण रुपमा राम्रो छ भने दोस्रो बच्चाको योजना बनाउँदा सुखमय पुष्टि हुन्छ ।

यदि आमा अफिस वा गृहिणी भएपनि बच्चालाई समय दिन सकिरहेको हुँदैन । र, दोस्रो बच्चा जन्माउँदा बच्चाको एक्लोपनको बारेमा आमाको चिन्ता कम हुन्छ । पहिलो बच्चाको खेलौना, कपडा, किताब दोस्रो बच्चालाई उपयोगी हुन्छ । दुवै बच्चालाई समान माया र ध्यान दिनुका साथै स्तरीय समय बिताउने बानी बसाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?