+
+
Shares

विपद्पछिको पुनरुत्थानमा सहयोग जुटाउन विकास साझेदारसँग अर्थ मन्त्रालयको बैठक

बाढीपछिको खोज, उद्धार, प्रारम्भिक पुनरुत्थान तथा क्षति र आवश्यकताको द्रुत आकलनबारे अर्थ मन्त्रालयले स्थानीय विकास साझेदारहरूसँग बैठक गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते २१:०८

२४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछिको खोज, उद्धार, प्रारम्भिक पुनरुत्थान तथा क्षति र आवश्यकताको द्रुत आकलनबारे अर्थ मन्त्रालयले स्थानीय विकास साझेदारहरूसँग बैठक गरेको छ ।

अर्थ मन्त्रालयमा बुधबार सम्पन्न बैठकमा विभिन्न देशका राजदूत, नियोग प्रमुख तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए ।

बैठकमा बाढीपछिको उद्धार तथा राहतको अवस्था, प्रारम्भिक पुनर्स्थापना, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा समीक्षा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा  माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि डिभिजन निर्देशक डेभिड एन. सिस्लेनले ग्लोबल र्‍यापिड पोस्ट–डिजास्टर ड्यामेज इस्टिमेट प्रतिवेदनका मुख्य निष्कर्ष प्रस्तुत गरेका थिए ।

खुला छलफलमा विकास साझेदारहरूले पुनर्निर्माण, पुनर्स्थापना र प्रभावित समुदायको दीर्घकालीन उत्थानका लागि आवश्यक सहयोग तथा सहकार्यबारे धारणा राखेका थिए ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व बैंकले गरेको द्रुत क्षति तथा नोक्सानी मूल्यांकनको प्रशंसा गरेका थिए ।

उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिने प्रत्यक्ष योगदान तत्काल राहत तथा प्रारम्भिक पुनर्स्थापनाका लागि प्रशासनिक लागतबिना सोझै प्रभावित तथा पीडित तहसम्म पुग्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?