News Summary
Generated by OK AI. Editorially reviewed.- भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनालले ल्हेन्दे खोलाबाट सुरु भएको बाढीको गति, क्षति र जोखिमबारे विस्तृत लेक्चर तयार पारेका छन्।
- उनले त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभाग प्रमुख रहँदै हिमताल, जोखिम र बाढीसम्बन्धी अनुसन्धान गर्दै आएका छन्।
- बाढीले २० किलोमिटर दूरी सात मिनेटमा पार गरी रसुवा पुगेको र दुई सय किलोमिटरभन्दा कम दूरीमै ठूलो जनधन क्षति पुर्याएको विवरण छ।
२४ भदौ, काठमाडौं । ल्हेन्दे खोलाबाट शुरु भएको बाढी २० किलोमिटर दुरी पार गरेर नेपाल–चीन सीमा नाका रसुवा आईपुग्न सात मिनेट लाग्यो । त्यसहिसाबले हेर्दा यो बाढीको गति प्रतिसेकेन्ड ५० मिटर थियो ।
टिमुरे, स्याफ्रुवेँसी, मैलुङ, शान्तिनगर हुँदै ५८ किलोमिटर टाढाको दुरीमा रहेको बेत्रावती पुग्न आधा घण्टा लागेको देखिन्छ । त्रिशूली, गल्छी, मलेखु, बेनीघाट, मुग्लिन हुँदै नारायणसम्मको १९२ किलोमिटर दुरी पार गर्दा ६ घण्टा १० मिनेट लागेको थियो ।
दुई सय किलोमिटर भन्दा कम दुरीमै यो बाढीले जनधनको ठूलो नोक्सानी गर्यो ।
यो बाढी कसरी शुरु भयो ? यसले कहाँ कहाँ क्षति पुर्यायो ? विगतमा यो जलाधार क्षेत्रमा आएका बाढीले के के क्षति पुर्यायो ? र, भविष्यमा यसबाट जोगिन अपाउनै पर्ने उपायहरू के के छन् ?
यिनै प्रश्नहरूको सेरोफेरोमा रहेर भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनालले विस्तृत लेक्चर तयार पारेका छन् । त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभाग प्रमुख रहिसकेका खनालले हिमताल, यसका जोखिम र बाढीको विषयमा अनुसन्धान गर्दै आएका छन् ।
प्रतिक्रिया 4