२४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाएका नेपाल प्रहरीका परिवारले २५ लाख १० हजार रुपैयाँ पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृतकका परिवारले विभिन्न शीर्षकबाट कुल २५ लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कल्याण कोषबाट ३ लाख रुपैयाँ, कल्याण कोषबाटै किरिया खर्चबापत ४० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट बीमाबापत ५ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ, प्रहरी संगठनबाट विशेष राहतस्वरूप १० लाख रुपैयाँ, सञ्चयकोषबाट दुर्घटना क्षतिपूर्तिबापत २ लाख रुपैयाँ, सञ्चयकोषले दिने किरिया खर्च ४० हजार रुपैयाँ, नागरिक लगानी कोषमा स्वेच्छिक बचतकर्तालाई सर्तबमोजिम दुर्घटना बीमा बापत २ लाख र ३० हजार किरिया खर्च गरी कुल २५ लाख १० हजार परिवारले पाउने छन् ।
प्रतिक्रिया 4