+
+

रिल्स वा टिकटक भिडियोले मान्छेलाई कसरी एक्लो र रोगी बनाउँदैछ ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १४:२५

अहिलेको समयमा मोबाइल बिनाको जीवन सायदैले सोच्लान् । फेसबुक, इन्स्ट्राग्राम, ट्वीटर, टिकटक, विभिन्न न्युज पोर्टल, ओटीटीको इन्टरनेट दुनियाँले मानिसको दैनिकी नै परिवर्तन भएको छ ।

पहिलेको साथीको स्थान अहिले मोबाइलले लिएजस्तो महसुस हुन्छ । मोबाइलको सदुपयोग गर्न सके यसका कैयौं राम्रा पक्ष छन् । तर आधुनिक दुनियाँ यो एउटा लत नै बनिरहेको छ । मोबाइलमा घण्टौं झुण्डिएर रिल्स वा टिकटक भिडियो हेर्नेहरु बढेका छन् । जसले मनोरञ्जनभन्दा बढी शारीरिक समस्या निम्त्याइरहेको छ ।

भर्खरै एउटा भिडियो भाइरल भइरहेको छ, जसमा एक बालक सुतिरहेको अवस्थामा पनि मोबाइलमा केही स्क्रोल गरिरहेको जस्तो हात हल्लाउँदैछन् । सोसल मिडियाका सर्ट भिडियोका कारण कसैको ज्यान गएको र कसैको ज्यान लिने यस्ता घटना पनि छन् । यस्ता घटनाले स्क्रिन लतले हाम्रो जीवनमा कतिको नराम्रो असर गरिरहेको छ ।

ण्टौंसम्म मोबाइल हेर्दा थाहै नपाई हुने केही समस्या

मानसिक रोगको सुनामी

पहिले सामाजिक सञ्जाल मानिसहरुसँग जोडिने माध्यम भएपनि आज यो मनोरञ्जनका लागि पनि ठूलो मञ्च बनेको छ । तर मनोरञ्जनको नाममा स्वास्थ्यसँग कस्तो खेलबाड भइरहेको छ, कल्पना गर्न पनि गाह्रो छ । रिल्स वा टिकटक भिडियोले मानिसमा शारीरिक र मानसिक दुवै असर पारेको देखिन्छ । मोबाइलको प्रयोग आवश्यक भएपनि अत्यधिक प्रयोगका कारण बालबालिकादेखि युवावर्गमा यति धेरै असर परेको छ कि उनीहरुमा निद्रा नलाग्ने, चिन्ता र तनावको समस्या बढेको छ । शारीरिक रुपमा हात र नसामा समस्या बढिरहेको देखिन्छ ।

लत बनेको छ

रिल्स वा टिकटक प्रयोगका कारण शारीरिक क्रियाकलापमा निकै कमी आएको देखिन्छ र मानिसहरु भर्चुअल संसारमा बाँचिरहेका छन् । विश्व वा समाजमा के भइरहेको केही मतलब हुँदैन । लामो समयसम्म रिल्स वा टिकटक हेरिरहँदा दिमागलाई कुनै कुरामा केन्द्रित गर्न गाह्रो भइरहेको छ । यो पनि एक किसिमको रोगजस्तै हो । यसमा बिहान उठेपछि रिल्स हेर्नुपर्ने हुन्छ । र, मोबाइलमा बिना वा रिल नहेरी जीवन बाँच्न सकिंदैन र यो नभए जीवनको केही अर्थ नभएको महसुस गर्छन् । अहिले शौचालय जाँदा, खाना खाँदा, साथीसँग भेटघाट, पार्कमा घुम्दा, हिंड्दा-हिंड्दै पनि मोबाइल चलाउने बानी भइरहेको छ ।

भर्चुअल संसारका एक्लो हुँदै

भनिन्छ, धेरै खाए चिनी पनि तीतो हुन्छ । त्यस्तै कुनै पनि चीज अत्यधिक भएमा त्यसले हानि गर्न सक्छ । रिल्सजस्ता भिडियोले अहिले मान्छेहरुको जीवनमा यस्तै भूमिका खेलिरहेको छ । मानिसहरु वास्तविक दुनियाँमा बस्नुको सट्टा भर्चुअल दुनियाँमा यति डुबेका छन् कि उनीहरु कति एक्लो भइसकेका छन् भन्ने महसुस समेत गर्न सकेका छैनन् ।

उहिले एकअर्कालाई भेट्ने, बाहिर जाने र समय बिताउने गर्थे, तर हिजोआज त्यो रोकिएको छ । अब सबै कुरा अनलाइन कुराकानीमा मात्र सीमित भइरहेको छ । पहिलेका मानिसहरुमा सामाजिकीकरण सीपहरू विकसित भएका छन् तर बालबालिकामा त्यो विकास भइरहेको छैन । तिनीहरुलाई परिवारका सदस्य तथा नातेदारसँगसमेत कुरा गर्न मन पराउँदैनन् । जसकारण तिनीहरुमा कारण चिन्ता (एन्जाइटी) र एक्लोपनको समस्या उत्पन्न भएको देखिन्छ ।

तुलना गर्ने समस्या

अत्यधिक रिल्स वा टिकटक भिडियोले बालबालिका र विशेषगरी युवतीहरुमा तुलना गर्ने समस्या देखा परेको छ । तिनीहरु रिल्समा हेर्छन् र म किन यस्तो राम्रो देखिनँ भनेर सोच्छिन् । जसकारण उनीहरुमा खानपानको समस्या बढ्दै गएको देखिन्छ । अत्यधिक रिल्सको कन्टेन्ट हेर्ने बालबालिकामा सुतेको बेला पनि रिलकै संसारमा रहने गर्छन् र सुतेको बेलामा पनि केटाकेटीहरु निद्रामा सोसल मिडियाको बारेमा बर्बराउने गर्छन् । रिलको प्रयोग यतिसम्म भएको छ कि बालबालिकाको मस्तिष्कले सुत्ने र उठ्ने समय समेत छुट्याउन सकेको छैन । रिलका कारण मानिसले समय व्यवस्थापन गर्न नसकेका कारण अन्य काममा असर परिरहेको छ ।

घाँटी र कम्मरको समस्या

सर्ट भिडियोको लतले धेरै समय एउटै पोजिसनमा बस्ने वा सुत्ने बानी हुन्छ । आमाबुवाले केही कुरा गरिरहँदा पनि बेवास्ता गरेर रिल्स वा टिकटक हेर्नमै मस्त हुन्छन् । एउटै पोजिसनमा बसिरहेका हुन्छन् । यसरी लामो समय एउटै पोजिसनमा बसिरहँदा उनीहरुको हड्डी, मासंपेशी र नसामा असर पर्छ । अहिले रिलको सबैभन्दा नराम्रो असर युवाहरूमा देखिएको छ । उनीहरुले आसनसम्बन्धी समस्याको सामना गरिरहेका छन् । धेरैले घाँटी दुख्ने, हात दुख्ने, टाउको दुख्ने र जीउ दुख्ने जस्ता समस्याको सामना गरिरहेका हुन्छन् ।

सुत्दा मोबाइल चलाउनुका बेफाइदा

सुतेर मोबाइलमा रिल वा अन्य कुरा हेरिरहँदा घाँटी बाङ्गो हुनसक्छ । यस्तै औंलाहरू बाङ्गो हुने, जोर्नीहरु दुख्ने वा भाँच्ने समस्या हुन्छ । यस्तो अवस्थामा चिकित्सकलाई जाँच गराएर फिजियोथेरापी र औषधि खाएपछि निको पार्न सकिन्छ ।

पहिले यस प्रकारको समस्यालाई ब्ल्याकबेरी सिन्ड्रोम वा कम्प्युटर डिजिज भनिन्थ्यो, जसमा औंला बांगो हुने गर्छ । अब यसलाई ट्रिगर फिंगर पनि भनिन्छ । धेरै बिरामी पनि ढाड दुख्ने गुनासो गर्छन् । यदि समयमै यी समस्या पत्ता लागेन भने रिल वा सामाजिक सञ्जालका कारण उनीहरुमा हड्डीसँग सम्बन्धित यस्ता समस्या हुन सक्छन्, जुन कहिल्यै निको नहुने हुनसक्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?