+
+
Shares

कोलम्बियाका राष्ट्रपति ‘अवैध ड्रग लिडर’ भएको ट्रम्पको आरोप

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १०:२८

३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्तावो पेत्रोलाई ‘अवैध ड्रग लिडर’ को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जाल ट्रुथमार्फत् उनले कोलम्बियाका राष्ट्रपति पेत्रोलाई ‘अवैध ड्रग लिडर’ को संज्ञा दिएका हुन् ।

‘कोलम्बियाका राष्ट्रपति गुस्तावो पेत्रो एक अवैध ड्रग लिडर हुन्’, ट्रम्पले लेखेका छन्, ‘जो पूरै कोलम्बियामा मादक पदार्थ उत्पादनलाई प्रोत्साहित गरिरहेका छन् ।!

मादक पदार्थ उत्पादन कोलम्बियाको सबैभन्दा ठूलो व्यवसाय बनिसकेको दाबी छ । ‘यो अब कोलम्बियामा सबैभन्दा ठूलो व्यवसाय बनिसकेको छ । अमेरिकाका तर्फबाट ठूलो मात्रामा भुक्तानी र दिइएको छ, तर पेत्रो यसलाई रोक्न केही गरिरहेका छैनन् । यो अमेरिकासँग ठगीबाहेक केही होइन ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले कोलम्बियालाई दिइँदै आइएको भुक्तानी र छुट बन्द गरेको घोषणासमेत गरेका छन् । ‘आजदेखि यो भुक्तानी र सब्सिडी कोलम्बियालाई दिइने छैन’, उनले भनेका छन् ।

ट्रम्पले कोलम्बियामा उत्पादन हुने लागू औषधबाट अमेरिकामा कयौँको मृत्यु भइरहेको पनि बताएका छन् । उनले पेत्रोलाई चेतावनी दिँदै भनेका छन्, ‘यदि, पेत्रोले यसलाई बन्द नगरे अमेरिकाले बन्द गर्नेछ । र यो राम्रो तरिकाले विल्कुलै गरिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?