+
+

फेसबुक मेसेन्जरबाट अब एचडी तस्वीर पठाउन सकिने

एजेन्सी एजेन्सी
२०८१ वैशाख ३ गते ७:३३

फेसबुक मेसेन्जरबाट तस्वीर तथा भिडियो पठाउँदा त्यसको गुणस्तर घट्ने हुँदा हामीलाई दिक्क लाग्छ। तर, अबदेखि यस्तो चिन्ता मान्नु नपर्ने भएको छ ।

किनकि मेसेन्जरबाटै अब उच्च गुणस्तरीय अर्थात् एचडी क्वालिटीका तस्वीर पठाउन सकिने भएको छ ।

फेसबुकले हालै मेसेन्जरका लागि बहुप्रतिक्षित अपडेट जारी गरेको हो । जसअनुसार अब मेसेन्जरमा एचडी तस्वीरहरु मात्र होइन १०० एमबी सम्मका फाइलहरु पनि सजिलैसँग पठाउन सकिनेछ। अर्थात् अब मेसेन्जरबाट १ सय मेगाबाइट सम्मका पीडीएफ, वर्ड, भिडियो तथा अन्य फाइलहरु पनि पठाउन सकिनेछ।

योसँगै अब मेसेन्जरमा एचडी तस्वीर पठाउँदा एउटा इन्डिकेटर देखिन्छ, जसमा दायाँतर्फ एचडी ब्याजको संकेत हुन्छ । यद्यपि फेसबुकका अनुसार प्रयोगकर्तालाई कम गुणस्तरका एसडी तस्वीर पठाउने विकल्प भने कायमै हुनेछ, जसले कम डेटा खपत गर्दछ । त्यस्तै एचडी तस्वीर पठाउनका लागि कुनैपनि च्याटमा जाँदा यसको फरक विकल्प देखिनेछ।

कसरी पठाउने मेसेन्जरमा एचडी फोटो ?

यसका लागि सबैभन्दा पहिले आफुले मेसेन्जर च्याटमा कसैलाई पठाउने तस्वीर छान्नुहोस् । अनि च्याट बक्सभन्दा मुनि रहेको एचडी बटनमा ट्याप गरेर सक्रिय बनाउनुहोस् । । त्यसपछि send मा क्लिक गर्नुहोस् ।

त्यस्तै मेसेन्जरमा एकभन्दा धेरै एचडी तस्वीर एकसाथ पठाउनका लागि एक एल्बम बनाउनुपर्नेछ । त्यसबाट सजिलैसँग कुनै व्यक्ति वा ग्रुपमा एकसाथ धेरै तस्वीरहरु पठाउन सकिन्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?