+
+
Shares

माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

दुर्घटनामा परी गम्भीर घाइते भएका बरालको उपचारका क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूपन्देहीको ओमसतियामा माइक्रोबस दुर्घटना हुँदा बुटवलका ३० वर्षीय सहचालक सन्दीप बरालको मृत्यु भएको छ ।
  • दुर्घटनामा परी घाइते भएका सात जनामध्ये दुई जनालाई थप उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ ।
  • प्रहरीले दुर्घटनापछि फरार रहेका चालक ४६ वर्षीय छबिलाल थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

३२ असार, काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिका–२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ८९९० नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकमा पल्टिँदा बुटवल उउपमहानगरपालिका -३ का ३० वर्षीय माइक्रोबसका सहचालक सन्दीप बरालको मृत्यु भएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बरालको उपचारका क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिद्धार्थनगर नगरपालिका -८ का ५० वर्षीया कृष्णकुमारी बेलबासे, ३४ वर्षीया श्रद्धा जोशी, शिवराज नगरपालिका -२ का १९ वर्षीय प्रकाश गाहा, सिद्धार्थनगर नगरपालिका -३ दरखसवा का २६ वर्षीय कुलदीप गुप्ता, मर्चवारी गाउँपालिका -७ बडवलिया की ५५ वर्षीया शाहाबुन निसा, पाल्पाको रिब्दीकोट गाउँपालिका -६ का ३८ वर्षीय सुनिल थापा र नवलपरासीको सुनवल नगरपालिका -६ की ४१ वर्षीया हेमीसरा खाम्चा घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते कृष्णकुमारी बेलबासेलाई थप उपचारका लागि सिटी अस्पताल भैरहवा र हेमीसरा खाम्चालाई क्रिमसन अस्पताल मणिग्राम पठाइएको छ । अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

दुर्घटनापछि फरार भएका चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गणेशपुर का ४६ वर्षीय छबिलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?