+
+
Shares

ललितपुरको धोबीघाटमा ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते ७:४६

३१ असार, काठमाडौं । ललितपुरको धोबीघाटमा रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको धुनिबेसी घर भएका २० वर्षीय रितेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवारी धादिङकै सातघुम्ती बस्ने २० वर्षकै समिर भुजेलको सोही अस्पताल अस्पतालमा उपचार भइरहेको छ ।

बिग्रिएर सडक छेउमा रोकीराखेको बागमती प्रदेश ०३–००१ ख २०१५ नम्बरको ट्रकमा बा ७५ प ८७० नम्बरको मोटरसाइकलमा सवार उनीहरु हिजो बेलुका ८ बजेतिर ठोक्किएका थिए ।

ट्रक चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रण लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?