News Summary
Generated by OK AI. Editorially reviewed.- बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा शनिबार दिउँसो १५–१६ जना सवार बोलेरो जिप दुर्घटनामा परेको छ ।
- जिप सडकबाट करीब ३०० मिटर तल खसेको जानकारी प्राप्त भएको छ ।
- गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले घटनामा ठूलो हाताहाती भएको बताउनुभयो र उद्धारका लागि हेलिकप्टरको समन्वय भइरहेको जानकारी दिनुभयो ।
२७ असार, धनगढी । बझाङमा बोलेरो जीप दुर्घटना भएको छ । केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जीप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली त्यसतर्फ हिंडेको जानकारी दिए ।
तर, घटनास्थल टाढा र भौगोलिक रूपमा विकट भएका कारण विवरण प्राप्त भइनसकेको जोराले बताए । उनकाअनुसार जिपमा १५/१६ जना सवार भएको प्रारम्भिक जानकारी आए पनि यकिन हुन बाँकी छ ।
केदास्युँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले दुर्घटनामा ठूलो हताहती भएको खबर आएको जानकारी दिए ।
जीप सडकबाट करीब ३०० मिटर तल खसेको छ । अहिले घाइतेको उद्धारका लागि स्थानीयहरु घटनास्थलतर्फ गइरहेको अध्यक्ष बोहराले बताए । घाइतेको उद्धारका लागि हेलिकप्टर बोलाउन समन्वय भइरहेको उनले बताए ।
प्रतिक्रिया 4