+
+
Shares

सुदूरपश्चिममा नेकपाको बैठक सुरु, सत्ता समीकरणबारे छलफल

बैठककमा कांग्रेससँगको सत्ता समीकरणबारे छलफल सुरु हुँदैछ । साथै बजेटका विषयमा पनि छलफल हुने नेताहरुले जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते ११:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण र बजेटबारे छलफल गर्न नेकपा संसदीय दलको बैठक सुरु भएको छ।
  • एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ।
  • मुख्यमन्त्री शाहलाई बिहीबार राति १२ बजेभित्र आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ।

३२ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो सत्ता समीकरण र बजेटसम्बन्धी विषयमा छलफल गर्न बैठक बसेको हो ।

बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यससँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेकपासँग सत्ता सहकार्यको प्रस्ताव गरेका छन् ।

मुख्यमन्त्री शाहले चालु बजेट पारित गर्न सहयोग गर्न र त्यसपछि सत्ता सहकार्य गर्ने प्रस्ताव राखेका थिए । तर, उक्त प्रस्ताव नेकपाले अस्वीकार गरेको थियो । यद्यपि दुवै पक्षका नेताबीच सत्ता समीकरणबारे अनौपचारिक छलफल भने जारी छ ।

यसअघि एमालेले आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असहमति जनाउँदै खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो । सोही विषयलाई लिएर कांग्रेस र एमालेबीचको विवाद चर्किएपछि दुवै दलको सत्ता सहकार्य अन्त्य भएको हो ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहले बिहीबार राति १२ बजेभित्र आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

यदि निर्धारित समयभित्र बजेट पारित हुन नसके र सरकारले पेश्की बजेटसमेत ल्याउन नसके प्रदेशमा बजेट शून्यता (Budget Vacuum) को अवस्था सिर्जना हुने जोखिम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?