+
+
Shares

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते ११:३९

३२ असार, धनगढी । कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा बुधबार दिउँसोतिर ४५ वर्षीय रनबहादुर सुनारले ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि दोधाराचाँदनी अस्पताल लगिएको थियो । राति दुवै जना उपचारपछि घर फर्किएका थिए तर घर फर्किएपछि पारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले पारुको मृत्युपछि उनका श्रीमानलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।

उनका अनुसार रनबहादुर सुनारलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?