+
+
Shares

कञ्चनपुरबाट घुम्न गएका युवक डोटीको होटलमा मृत भेटिए

रामहरि ओझा रामहरि ओझा
२०८३ असार १३ गते ९:१५

१३ असार, डोटी । डोटीको एक होटलमा बास बसेका व्यक्ति मृत फेला परेका छन् ।

जोरायल गाउँपालिका-१ गैरास्थित रेनुका होटलमा बास बसेका कन्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० सुर्खेती टोलका ३५ वर्षीय सरोज थापा शनिबार मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार कन्चनपुरबाट घुम्न आएका थापासहितका १३ जनाको टोली शुक्रबार राति करिब साढे ९ बजे होटल पुगेका थिए । उनी राति होटलको कोठा नं.२०४ मा चालक बसन्त बहादुर सिंहसँगै सुतेका थिए ।

बिहान उनी आफ्नै बेडमा उत्तानो अवस्था मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

मृतक थापाको टोली सु.प.प्र.०२००१ ख १३२८ नं.को हाइसमा गैरा पुगेको थियो । घटनाको थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिपिनगरबाट प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?