+
+
Shares

दाइको हत्यामा जन्मकैद सुनाइएका भाइ पक्राउ

पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–३ घर भएका ४५ वर्षीय मानबहादुर बम्जन छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १८:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आफ्नै दाइको हत्यामा जन्मकैदको फैसला सुनाइएका सिन्धुलीका ४५ वर्षीय मानबहादुर बम्जन भक्तपुरबाट पक्राउ परेका छन् ।
  • बम्जनले २२ माघ २०७७ मा दाजु चेतबहादुरको बन्चरो प्रहार गरी हत्या गरेको अभियोग पुष्टि भएको थियो ।
  • कारागारबाट फरार भएका उनलाई प्रहरीले पक्राउ गरी पुनः कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाएको छ ।

१८ जेठ, काठमाडौं । दाइको हत्यामा जन्मकैदको फैसला सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका–३ घर भएका ४५ वर्षीय मानबहादुर बम्जन छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले दाजु चेतबहादुरलाई बन्चरो प्रहार गरी २२ माघ २०७७ मा हत्या गरेको आरोप छ । यो घटनामा सिन्धुली जिल्ला अदालतले मानबहादुरलाई १७ असोज २०८० मा जन्मकैदको फैसला सुनाएको थियो ।

कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारामा रहेका उनी जेनजी आन्दोलनमा फरार भएका थिए । भक्तपुरबाट पक्राउ परेका उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?