+
+
Shares

झापाको अर्जुनधारामा महिलाको हत्या, एक जना पक्राउ

विवादका क्रममा गौतमले काजललाई धक्का दिएका थिए । धक्काका कारण भुइँमा लडेकी काजलको टाउकोमा गम्भीर चोट लागेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १९:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • झापाको अर्जुनधारा नगरपालिकामा २९ वर्षीया काजल बस्नेत सुवेदीको हत्या आराेपमा २४ वर्षीय किरण गौतम पक्राउ परेका छन्।
  • दुवै जना मदिरा सेवन गरिरहेका थिए र विवादका क्रममा गौतमले काजललाई धक्का दिएका थिए जसबाट उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
  • काजललाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

५ जेठ, विराटनगर । झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको हत्या भएको छ । हत्या आराेपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेकाे छ ।

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–८, कुशलचोकस्थित एआईएमएस सेकेन्डरी बोर्डिङ स्कुलनजिकैको खुल्ला चौरमा साेमबार स्थानीय २९ वर्षीया काजल बस्नेत सुवेदीकाे हत्या आराेपमा अर्जुनधारा–५ कन्चनबारी बस्ने २४ वर्षीय किरण गौतम पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार दुवै जना चाैरमा मदिरा सेवन गरि बसेका थिए । साेही अवस्थामा दुई जनाबीच विवाद भएको थियो । विवादका क्रममा गौतमले काजललाई धक्का दिएका थिए । धक्काका कारण भुइँमा लडेकी काजलको टाउकोमा गम्भीर चोट लागेको थियो ।

टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी काजललाई स्थानीयले फेला पारी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्‍याएका थिए । बी एण्ड सीबाट थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पुर्‍याइएको  थियाे । उपचारकै क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सँगै रहेका पुरुषलाई प्रहरीले साेही दिन पक्राउ गरेकाे हाे ।

मृतक काजलका श्रीमान् यामबहादुर बस्नेत वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा छन् । आराेपीमाथि म्याद थप गरेर अनुसन्धान सुरु गरेकाे प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?