+
+
Shares

सात वर्षअघिको हत्या घटनाका फरार आरोपी पक्राउ

प्रहरीले उनलाई पक्राउ गर्न चितवन जिल्ला अदालतबाट प्रहरी २०७६ चैत २५ गते नै अनुमति लिएको थियो । तर, उनी फरार थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १९:३४

७ जेठ, चितवन । चितवन प्रहरीले ७ वर्षअघि हत्या गरेर फरार भएको भनिएका अभियुक्तलाई पक्राउ गरेको छ । बारा फेटा गाउँपालिका–४ का पञ्चदेव महरालाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र इलाका प्रहरी कार्यालय खैरहनीबाट संयुक्त टोली परिचालित भएर महरालाई जेठ ५ गते रापत बाराको फेटा गाउँपालिका–१ त्रिवेणी टोलबाट पक्राउ गरेर चितवन ल्याइएको हो ।

इप्रका टाँडीका अनुसार महरामाथि २०७६ मा चितवनमा भएको एक हत्यामा संलग्न रहेको आरोप छ ।

०७६ चैत २३ गते साँझ ७ बजे चितवन खैरहनी नगरपालिका–९ मा बाराकै फेटा गाउँपालिका–३ का ४६ वर्षीय सखिचन महरा मृत अवस्थामा फेला परेका थिए । त्यहाँ रहेको नेपाल ग्याँस उद्योग गण्डकीमा रहेको मजदुर बस्ने कच्ची घरभित्र उनको शव भेटिएको थियो ।

सखिचनको बायाँ कानको पछाडि गहिरो चोट लागेको थियो । यस्तै बायाँ हातको पाखुरा भाँचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीको तत्कालीन अनुसन्धानमा उनको हत्या भएको निष्कर्ष निस्किएको थियो ।

अनुसन्धानका क्रममा सखिचनको हत्यामा तत्कालीन समयमा ३० वर्षका रहेका पुनदेव भनिने पञ्चदेव नै संलग्न रहेको भेटिएको प्रहरीको निष्कर्ष थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गर्न चितवन जिल्ला अदालतबाट प्रहरी २०७६ चैत २५ गते नै अनुमति लिएको थियो । तर, उनी फरार थिए ।

अहिले उनलाई पक्राउ गरेर चितवन जिल्ला अदालतमा पेस गरेर पाँच दिन हिरासतको म्याद लिएर प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?