News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेलले २०८३ वैशाख २० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका छन्।
- पौडेलले वर्तमान सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई राजीनामा दिन गरेको आग्रहलाई शिरोधार्य गर्दै स्वास्थ्य मन्त्रीलाई राजीनामा पत्र बुझाएका छन्।
- अध्यक्षको रुपमा अस्पतालबाट कुनै आर्थिक लाभ नलिने बचनबद्धताअनुसार भत्ता वापत लिएको रकम अस्पतालकै खातामा जम्मा गरी भौचर पेश गर्ने उनले बताएका छन्।
१८ वैशाख, काठमाडौं । चितवनको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष प्रा.डा. ढुण्डीराज पौडेलले पदबाट राजीनामा दिएका छन् ।
भरतपुर महानगरपालिका १२ चितवन घर भएका पौडेलले स्वास्थ्य मन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन् ।
वर्तमान सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरुलाई राजीनामा दिन गरेको आग्रहलाई शिरोधार्य गर्दै राजीनामा दिएको पौडेलले उल्लेख गरेका छन् ।
‘२०८२ साल चैत १२ गतेसम्म सरकारबाट नियुक्त पदाधिकारीहरुलाई स्वेच्छाले राजीनामा दिन गरेको आग्रहलाई शिरोधार्य गर्दै र सामाजिक सन्जालहरुमा पनि यस्तै मागहरु भएकाले मिति २०८३ वैशाख २० गतेबाट लागू हुने गरी भरतपुर अस्पताल विकास समितिको अवैतनिक अध्यक्ष पदबाट यो राजीनामा पेश गरेको छु,’ पौडेलले लेखेका छन् ।
उनले अध्यक्षको रुपमा अस्पतालबाट कुनै पनि प्रकारको आर्थिक लाभ नलिने बचनबद्धताअनुसार लेखाको प्रक्रिया पुर्याउनका लागि बैठकमा भत्ता वापत लिएको रकम पनि अस्पतालकै खातामा जम्मा गरी भौचर पेश गर्ने बताएका छन् ।
प्रा.डा. पौडेल नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् । उनले २०५९ सालदेखि २०६८ सालसम्म नाक, कान, घाँटी विशेषज्ञको रुपमा सेवा गरेका थिए ।
प्रतिक्रिया 4