News Summary
Generated by OK AI. Editorially reviewed.- प्युठानको नौबहिनी गाउँपालिका–५ मा पार्किङ गरी राखिएको ट्याक्टर आफैँ ब्याक भएर खस्दा एक जना बालकको मृत्यु भएको छ ।
- दुर्घटनामा ७ वर्षीय कुण्डन घर्तीको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र अर्का बालक पारष बुढा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
- घटनापश्चात् ट्याक्टर चालक २१ वर्षीय विकास परियार सम्पर्कविहीन रहेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
३१ असार, प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ दामृमा पार्किङ गरेर राखिएको ट्याक्टर अचानक ब्याक हुँदा एक जना बालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार भे२त २०१९ नम्बरको ट्याक्टर एक्कासि ब्याक भई करिब ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्थानीय गंगा घर्ती मगरका ७ वर्षीय छोरा कुण्डन घर्ती गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैजाने क्रममा बाटोमै मृत्यु भएको प्युठानका प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए।
घटनामा रिमबहादुर बुढाका ७ वर्षीय छोरा पारष बुढा घाइते भएका छन्। उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
पार्किङ गरी राखेको ट्याक्टरमा बालकहरू खेल्ने क्रममा ट्याक्टर अचानक ब्याक भएर दुर्घटना भएको बताइएको छ ।
घटनापछि ट्याक्टर चालक नौबहिनी गाउँपालिका–५ का २१ वर्षीय विकास परियार सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया 4