+
+
Shares

काेशीमा कांग्रेसले फिर्ता बाेलाएन मन्त्री, भाेलिसम्म पर्खने

बिहीबार बसेकाे प्रदेश कार्यदलकाे बैठकले भाेलिसम्म पर्खने निर्णय गरेकाे हाे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १३:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सरकारबाट बाहिरिने विषयमा नेपाली कांग्रेसले थप एक दिन पर्खने निर्णय गरेको छ ।
  • प्रदेश कार्यदलले परिस्थिति हेरेर निर्णय गर्ने अधिकार संसदीय दलका नेता उद्धव थापालाई दिएको छ ।
  • प्रमुख सचेतक गोपाल तामाङले भने, 'हाम्रामा संविधानको धारा १६८ (५) को सरकार भएकाले भोलिसम्म पर्खने निर्णय भएको छ ।'

३२ असार, विराटनगर । काेशी प्रदेश सरकारबाट बाहिरिने विषयमा नेपाली कांग्रेसले एक दिन हाेल्ड गर्ने भएकाे छ । बिहीबार बसेकाे प्रदेश कार्यदलकाे बैठकले भाेलिसम्म पर्खने निर्णय गरेकाे हाे ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक गाेपाल तामाङका अनुसार परिस्थिति अनुसार निर्णय गर्नका लागि कार्यदलले संसदीय दलका नेता तथा पार्टी प्रदेश सभापति उद्धव थापालाई अधिकार दिएकाे छ ।

‘ यहाँकाे परिस्थिति अलिक फरक छ, हाम्राेमा संविधानकाे धारा १६८ (५) काे सरकार भएकाले भाेलिसम्म पर्खने निर्णय भएकाे छ,’ उनले भने,’ परिस्थिति हेरेर भाेलि निर्णय हुन्छ ।’

नेपली कांग्रेसले बुधबार सातवटै प्रदेश सरकारमा नेकपा एमालेसँगकाे सहकार्य ताेड्ने निर्णय गरेकाे थियाे । तर केन्द्रकाे आधिकारिक निर्णय आइनपुगेकाे प्रमुख सचेतक तामाङले बताए । काेशीमा एमालेसँगकाे सहकार्य ताेडेर कांग्रेसले नेकपासँग सहकार्य गर्न चाहेकाे छ ।

प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?