+
+

एक्समा भाइरल बनिरहेको Click here ट्रेण्ड के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १३:३६

शनिबार बेलुकीदेखि नै सोसल मिडिया प्लाटफर्म एक्समा हजारौं मानिसहरुले क्लिक हियर ट्रेण्डमा भाग लिइरहेका छन् ।

तपाईंले पनि यदि एक्स चलाउनुहुन्छ भने अवश्य पनि एउटा तस्वीर देख्नुभएकै होला ।

उक्त तस्वीरमा कालो रङका अक्षरमा ठूलो आकारमा Click here लेखिएको हुन्छ । त्योसँगै एउटा वाणको आकार बायाँतर्फ तलपट्टि भएको छ र त्यसको टुप्पोतर्फ ALT लेखिएको छ।

जब ALT मा क्लिक गरिन्छ तब एउटा कुनै मेसेज देखिन्छ ।

यो एउटा यस्तो मेसेज हो जुन ALT मा क्लिक गरेपछि मात्रै देखिन्छ । यदि तपाईंले यसमा क्लिक गर्नुभएन भने तपाईंले केवल तस्वीर देख्नुहुन्छ तर त्यसमा लुकेको सन्देश देख्न पाउनुहुन्न ।

क्लिक हियर ट्रेण्ड सुरु भएदेखि केवल आम मानिसहरु मात्रै होइन ठूला-ठूला राजनीतिक पार्टीहरु देखि लिएर खेल क्लबहरु, फुटबल टिम तथा फिल्मी स्टारहरुले पनि यसमा भाग लिइरहेका छन् ।

के हो ALT Text ?

 ऑल्ट टेक्सट

यो एउटा टेक्स्ट फिचर हो, जसले एक्सले निकै अघि सुरु गरेको थियो ।

यसको सहयोगमा प्रयोगकर्ताले तस्वीर शेयर गर्ने बेला त्यसका बारेमा लेख्न सक्दछन् । दृष्टिविहीन मानिसहरुलाई अल्ट टेक्स्टले तस्वीरका बारेमा जान्नका लागि सहयोग गर्दछ । टेक्स्ट टू स्पीच सफ्टवेयरको प्रयोग गर्नेहरुका लागि सफ्टवेयरले अल्ट टेक्स्ट पढेर तस्वीरका बारेमा जानकारी दिन्छ ।

ALT Text फिचरका रुपमा कुनै तस्वीरमा एक हजार अक्षरसम्मको सन्देश लेख्न सकिन्छ ।

एक्सका अनुसार यो फिचरको सहयोगबाट सामग्रीहरुलाई धेरैभन्दा धेरै मानिसहरुसम्म पुर्‍याउन सकिन्छ र दृष्टि क्षमता कमजोर भएका वा दृष्टिविहीन मानिसहरुका लागि पनि यो सहयोगी रहेको छ।

विज्ञका अनुसार अल्ट टेक्स्ट फिचर इन्टरनेटको स्पीड कम भएका क्षेत्रमा बस्ने मानिसहरुका लागि पनि फाइदाजनक हुनेछ।

कसरी प्रयोग गरिन्छ ALT Text ?

एक्समा यो फिचरको प्रयोग तस्वीरहरुमा मात्र उपलब्ध छ, तर हालसम्म भिडियोमा भने यो सुविधा उपलब्ध छैन ।

एक्समा कुनै तस्वीर पोस्ट गर्नका लागि अपलोड गर्दा तस्वीरको तलपट्टि कालो गोलाकारमा सेतो अक्षरमा +ALT देखिन्छ । त्यसपछि सो +ALT बटनमा क्लिक गरेर तपाईंले कुनैपनि सन्देश लेखेर सेभ गर्न सक्नुहुन्छ । यसो गरेपछि तपाईंले लेखेको सन्देश सोही तस्वीरमा जोडिनेछ ।

उक्त तस्वीर पोस्ट गरेपछि तपाईंले लेखेको सन्देश तबमात्र देखिनेछ जब तपाईंले ALT  मा क्लिक गर्नुहुन्छ ।

यो फिचरको प्रयोग मोबाइल एपका साथै ल्यापटप र डेक्सटपमा पनि गर्न सकिन्छ ।

भारतमा राजनीतिक पार्टीहरुको ‘क्लिक हियर’

क्लिक हेयर

भारतमा लोकसभा चुनावको मिति नजिकिएको छ । यस्तोमा राजनीतिक पार्टीहरुले पनि आ आफ्ना हिसाबले क्लिक हियर ट्रेण्डको फाइदा उठाएका छन् ।

पार्टीहरुका आधिकारिक एक्स ह्याण्डलबाट Click heare को तस्वीरहरु पोस्ट भइरहेका छन्, जसमा विभिन्न सन्देशहरु लेखिएका छन् ।

भारतीय जनता पार्टीले क्लिक हियरको तस्वीर पोस्ट गर्दै अल्ट टेक्स्टमा लेखेको छ, पुनः एकपटक मोदी सरकार ।

त्यस्तै आम आदमी पार्टीले क्लिक हियरवाला तस्वीर शेयर गर्दै अल्ट टेक्स्टमा लेखेको थियो-देश बचाउनका लागि ३१ मर्चमा रामलीला मैदानमा आउनुहोस् ।

त्यसदिन रामलीला मैदानमा विपक्षी गठबन्धनको र्‍याली थियो, जसमा महँगी, बेरोजगारी, विभेद तथा विपक्षी नेताहरुको गिरफ्तारीको विरोधमा प्रदर्शन गरिएको थियो ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?