+
+
Shares

भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २ गते ७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको ३१ लाख ७२ हजार रुपैयाँ बराबरको अवैध सामानसहित भारतीय मिनी ट्रक नियन्त्रणमा लिएको छ।
  • इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीको संयुक्त टोलीले भारतको लखिमपुर खिरीका ३८ वर्षीय चन्द्रकुमार बर्मालाई ट्रकसहित नियन्त्रणमा लिएको हो।
  • जिल्लाका विभिन्न स्थानबाट थप ५ लाख ४७ हजार ५० रुपैयाँ बराबरका पेय पदार्थ, सुर्ती, बिडी, गुट्खा, कपडा, इलेक्ट्रिक र किराना सामान बेवारिसे अवस्थामा बरामद गरिएको छ।

२ असोज, धनगढी । कैलालीमा भारतबाट भन्सार छलेर ल्याइएको ३१ लाख ७२ हजार बराबरको अवैध सामानसहित भारतीय मिनी ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट बिहीबार दिउँसो २६ लाख २५ हजार रुपैयाँ बराबरका मोटरसाइकलका टायर, ट्युब र घाँस काट्ने मेसिनसहित भारतीय नम्बर प्लेटको मिनी ट्रक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीको संयुक्त टोलीले ट्रकका चालक भारतको लखिमपुर खिरीका ३८ वर्षीय चन्द्रकुमार बर्मालाई अवैध सामानसहित नियन्त्रणमा लिएको हो ।

यस्तै, जिल्लाका विभिन्न स्थानबाट थप साढे पाँच लाख बराबरको अवैध सामान बरामद गरिएको छ ।

पेय पदार्थ, सुर्ती, बिडी, गुट्खा, कपडा, इलेक्ट्रिक तथा किराना सामान लगायत पाँच लाख ४७ हजार ५० रुपैयाँ बराबरका भन्सार छलीका सामान बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद ट्रक, सामान र चालकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?